+977 9854027065 | akulpdsah@gmail.com

सपना परियोजनाले सचेतना फैलाउँदै

1 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

734 Views

कमल साह
जनकपुरधाम,चैत्र ११ गते । धनुषाको विदेह नगरपालिका र जनकनन्दी गाउँपालिकामा संचालित बालबालिका सपना परियोजनाले बच्चाको सार्वांगीन विकासमा मद्त पु¥याउँदैछ ।
सामाजिक विकास अनुसन्धान केन्द्र जनकपुरद्वारा यहाँ आयोजित अभिमुखि कार्यक्रममा प्रस्तुत गरिएको तथ्याँकबाट उक्त कुराको पुष्टी भईरहेको छ ।
नेपाल सरकारले जन्मने बच्चाको भविष्य राम्रो होस् उद्येश्य राखेर सुनौलो हजार दिन कार्यक्रम संचालन गर्दै आएको लाई सहयोग पुग्ने गरी प्लान इन्टरनेशनलको सहयोगमा सामाजिक विकास अनुसन्धान केन्द्र ले सपना परियोजना संचालन गर्दैछ ।
सामाजिक विकास अनुसन्धानका कार्यकारी निर्देशक सुखदेव ठाकुर का अनुसार धनुषा जिल्लाको विदेह नगरपालिका र जनकनन्दनी गाउँ पालिकाको दुई दुई वडामा बालबालिका सपना परियोजना संचालन भईरहेको छ । सो कार्यक्रमले लक्षित क्षेत्रमा मात्र नभएर त्यस वरिपरीका वासिन्दा समेत असर देख्न थालेको उहाँले बताउनु भयो ।
बच्चा गर्भमा भएदेखि तीन वर्षसम्मको लागि उक्त परियोजनाले सचेतना कार्यक्रम गर्दै आएको बुझिन्छ ।


संचारकर्मीहरुसंग बालबालिका सपना परियोजना सम्बन्धि बुधबार आयोजित एक दिने अभिमुखी करण कार्यक्रममा परियोजनाका संयोजक दिवस श्रेष्ठले गर्भदेखि ३ वर्षसम्मको बच्चाका लागि यो संचालन भईरहेको बताउनु भयो । उहाँले यस सचेतना मुलक कार्यक्रमले बालबालिकामा बौद्धिक विकास,सामाजिक विकास,शारीरिक विकास,सम्वेगात्मक विकास र भाषिक विकास गर्ने मुख्य लक्ष्य रहेको थप्नुभयो । उहाँले यस कार्यक्रमले घरमै बच्चा जन्माउने परम्परालाई तोडदै आएको बिचार समेत राख्नुभयो ।
धनुषाको दुई पालिकामा १५ मार्च २०२२ देखि लागु भएको कार्यक्रम ले लक्षित वर्गको आमा र बुआ आ–आफ्नो बालबालिका प्रति सचेत रहनु नै कार्यक्रमको लक्ष्य रहेको छ । त्यसको लागि सामुहिक सम्वाद कार्यक्रम संचालन गर्दै आएको परियोजनाका कार्यक्रम संचालक निकिता यदाव ले बताईन ।
उनको अनुसार हालसम्म ९३ वटा कक्षा संचालन भईसकेको छ । त्यसबाट ७५ जना लाभान्वित भईसकेका छन । यस कार्यक्रममा आफ्नो सफाई प्रति कसरी ध्यान दिने, बालबालिकाको सरसफाई कसरी गर्ने, बच्चाका लागि चाहिने खेलौनाहरु अफ्नो गाउँ घरमा पाईने बस्तुबाट कसरी निर्माण गर्ने, बच्चा जन्मेको २९ दिन भित्र जन्म दर्ता बनाउन प्रति सचेत गराउन लगाउने लगायतका सचेतना जागृत भएको बुझिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

श्याम बाबा लगायतका मूर्ति निर्माण गर्न देवशिला अब राजस्..

कमल साह जनकपुरधाम,जेष्ठ ७ गते । श्री श्याम बाबालगायतका भगवानको मूर्ति बनाउन बागलुंगबाट ल्याईएको देवशिलालाई अब र..

5 घन्टा पहिले

संघीयता स्थापना पश्चात् मधेशको विकास अनुसन्धान गर्न सम..

कमल साहजनकपुरधाम, जेष्ठ ७ गते । मुलुकमा संघीयता स्थापना भए पश्चात् मधेशको विकास हेर्न बुझन एवं अध्ययन गर्नका लाग..

5 घन्टा पहिले

चुरे दोहन रोक्न काठमाण्डौको पद यात्रा

कमल साह, धनुषाजनकपुरधाम ,जेष्ठ ७ गते । चुरे जलाधर क्षेत्र तराई मधेशको प्राणवायु हो भन्दै चुरे बचाउ अभियानीहरु संघ..

5 घन्टा पहिले

एमाले सर्लाहीको अध्यक्षमा साह निर्वाचित, अन्य पदाधिकार..

संजु कर्ण, जेठ ४ गते । नेकपा एमाले सर्लाहीको अध्यक्षमा राजनारायण साह निर्वाचित भएको छ । निकटतम प्रतिस्पर्धी गणेश..

2 दिन पहिले

अख्तियारको टोलीद्धारा पोखरिया नगरपालिकाबाट कागजातहरु ..

रंजित चौरसिया,वीरगंज २ जेष्ठ । पर्साको पोखरिया नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोली मंग..

4 दिन पहिले