+977 9854027065 | akulpdsah@gmail.com

नयाँ नेपाली फिल्म ‘मायावी’को यतिबेला छायाकंन गर्ने तयारी

8 महीना पहिले प्रकाशित

Akul Prasad Sah

333 Views

प्रविण भटराई समाचारदाता
काठमाण्डौ, भदौ २७ गते । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’को यतिबेला छायाकंन गर्ने तयारी हुर्दैछ । छायाकंनअघि यस फिल्मका मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक भइरहेको छ ।

फिल्मका लागि असअघि नै दीपिका प्रसाई, पल शाह र सुशील सिटौला अनुबन्धित भइसकेका छन् । अभिनेता पल झण्डै डेढ वर्षपछि यसै फिल्ममार्फत रजतपटमा कमव्याक गर्दैछन् । अब यो फिल्ममा मोडल समिम खान भित्रिएका छन् । समिमको यो डेब्यू फिल्म हुनेछ ।

समिम ‘म्यान हन्ट इन्टरनेशनल नेपाल २०१६’का विजेता हुन् । दीपिका र दिवाकरले यस अघि फिल्म ‘ऐश्वर्य’मा सहकार्य गरिसकेका छन् ।

फिल्ममा निर्देशक भट्टराई स्वयंको कथा रहनेछ । क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ ।

फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ । फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए ।

दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

एमाले सर्लाहीको अध्यक्षमा साह निर्वाचित, अन्य पदाधिकार..

संजु कर्ण, जेठ ४ गते । नेकपा एमाले सर्लाहीको अध्यक्षमा राजनारायण साह निर्वाचित भएको छ । निकटतम प्रतिस्पर्धी गणेश..

2 दिन पहिले

अख्तियारको टोलीद्धारा पोखरिया नगरपालिकाबाट कागजातहरु ..

रंजित चौरसिया,वीरगंज २ जेष्ठ । पर्साको पोखरिया नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोली मंग..

4 दिन पहिले

रुट परमिटको नाममा भारतीय पर्यटकमाथि ट्राफिक प्रहरीको ज..

प्रिंन्स मिश्रा, कपिलवस्तुकपिलवस्तु, बैशाख ३० गते । अधिकांश भारतीय पर्यटकहरु भन्सार शुल्क तिरिसकेपछि निर्वाधरु..

7 दिन पहिले

कविता :- विद्यालय मन्दिर हो

       कविताविद्यालय मन्दिर हो लेखक ः मनोज पण्डित     बिदेह न.पा. ७,   वेलापटटी, धनुषा   विद्यालय मन्दि..

7 दिन पहिले

जानकी जन्मोत्सव नौ दिवसिय मनाईदै

कमल साहजनकपुरधाम,वैशाख ३० गते । श्री जानकी नवमी महोत्सव यहाँका श्री जानकी मन्दिरलगायतका मठ मन्दिरहरुमा नौ दिवसि..

7 दिन पहिले