+977 9854027065 | akulpdsah@gmail.com

स्व. राजेश्वर नेपालीको स्मरणमा पंचम अन्तराष्ट्रिय साहित्य महोत्सव आज शुक्रबार देखि हुंदै

5 महीना पहिले प्रकाशित

Akul Prasad Sah

201 Views

कमल साह
जनकपुरधाम, मसिंर २९ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा आज शुक्रवार देखि पंचम अन्तराष्ट्रिय साहित्य महोत्सवको आयोजना हुदैछ ।
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको विशेष उपस्थितीमा हुने महोत्सवमा नेपाल, भारत, थाईल्याण्ड, मरिसस, श्रीलंका सहितका देशहरुबाट साहित्यकार र कविहरुको आगमण भइरहेको छ ।


वरिष्ठ पत्रकार प्रेस तथा प्रजातन्त्र सेनानी स्व. राजेश्वर नेपाली प्रति श्रद्धाञ्जली अर्पण गर्न आयोजना हुन लागेको पंचम अन्तराष्ट्रिय साहित्य महोत्सवमा वृहत साहित्यीक चर्चा परिचर्चा, बहुभाषिक कविता वाचन हुनेछ । उपस्थित विज्ञ, साहित्यकार र कविहरु आ आफनो मातृभाषमा कविता र साहित्य प्रस्तुत गर्नेछन् ।सो कार्यक्रमको मुख्य उद्देश्य मातृभाषाको उत्थान रहेको कार्यक्रमका सहजकर्ता जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ का वडा अध्यक्ष राघवेन्द्र साहले बताउनु भयो ।

नेपाल हिन्दी प्रतिष्ठान जनकपुरधाम तथा शान्तिनिकेतन हिन्दी प्रचार सभ, शान्ति निकेतन पश्चिम बंगाल भारतले आयोजना गर्न लागेको उक्त कार्यक्रममा नेपाली पत्रकारिताका एतिहाँसिक व्यक्तित्व राजेश्वर नेपालीको स्मरणमा गर्ने भएपछि आफुले सहजकर्ताको भुमिका निर्वाह गर्न लागेको वडा अध्यक्ष साह ले बताउनु भयो ।
प्रथम राष्ट्रपतिको प्रमुख आतिथ्यतामा हुन लागेको कार्यक्रम जनकपुर धाम उपमहानगरपालिका २३ लादोबेला स्थित दुधमती तटमा रहेको श्री गोविन्द सेवा समिति को कक्षमा हुने वडाअध्यक्ष साहले जानकारी गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

श्याम बाबा लगायतका मूर्ति निर्माण गर्न देवशिला अब राजस्..

कमल साह जनकपुरधाम,जेष्ठ ७ गते । श्री श्याम बाबालगायतका भगवानको मूर्ति बनाउन बागलुंगबाट ल्याईएको देवशिलालाई अब र..

4 घन्टा पहिले

संघीयता स्थापना पश्चात् मधेशको विकास अनुसन्धान गर्न सम..

कमल साहजनकपुरधाम, जेष्ठ ७ गते । मुलुकमा संघीयता स्थापना भए पश्चात् मधेशको विकास हेर्न बुझन एवं अध्ययन गर्नका लाग..

4 घन्टा पहिले

चुरे दोहन रोक्न काठमाण्डौको पद यात्रा

कमल साह, धनुषाजनकपुरधाम ,जेष्ठ ७ गते । चुरे जलाधर क्षेत्र तराई मधेशको प्राणवायु हो भन्दै चुरे बचाउ अभियानीहरु संघ..

5 घन्टा पहिले

एमाले सर्लाहीको अध्यक्षमा साह निर्वाचित, अन्य पदाधिकार..

संजु कर्ण, जेठ ४ गते । नेकपा एमाले सर्लाहीको अध्यक्षमा राजनारायण साह निर्वाचित भएको छ । निकटतम प्रतिस्पर्धी गणेश..

2 दिन पहिले

अख्तियारको टोलीद्धारा पोखरिया नगरपालिकाबाट कागजातहरु ..

रंजित चौरसिया,वीरगंज २ जेष्ठ । पर्साको पोखरिया नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोली मंग..

4 दिन पहिले