+977 9854027065 | akulpdsah@gmail.com

डेरी कृषि अनुसन्धान उत्पादन तथा कृषि औजार प्रदर्शनी महोत्सवको काम तिब्र

4 महीना पहिले प्रकाशित

Akul Prasad Sah

244 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, माघ ३ गते । सर्लाहीको हरिवनमा माघ ५ गते देखि ७ गते सम्म चल्ने दोस्रो डेरी कृषि अनुसन्धान उत्पादन तथा कृषि औजार प्रदर्शनी महोत्सवका लागि धमाधम काम भइरहेको छ । मधेश प्रदेशको सान, दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान’ भन्ने मूल नाराका साथ दोस्रो डेरी कृषि अनुसन्धान उत्पादन तथा कृषि औजारको प्रदर्शनी महोत्सव काम तीब्र रुपमा भइरहेको आयोजकले बताएको छ ।
तीन दिनसम्म चल्ने महोत्सवको हरिवन नगरपालिका, प्रदेश दुग्ध बिकास बोर्ड मधेश प्रदेश, र कृषि अनुसन्धान निर्देशनालय मधेश प्रदेश संघिय कार्यालय परवानीपुर बारा मुख्य आयोजक रहेका छन् भने कृषि ज्ञान केन्द्र सर्लाही, इन्दुशंकर चिनी उधोग हरिवन, हेल्भेटास नेपाल, हेफरइन्टरनेशनल सह–आयोजक रहेका छन् ।
कृषि पेशाको बिकास प्रवद्र्धन बजारीकरण र यान्त्रीकरण मार्फत कृषि उत्पादनमा वृद्धि बिकास गर्ने र मधेश प्रदेशलाइ कृषकको पहिचान बनाइ मधेशका किसानलाइ आफैमा आत्मनिर्भर कसरी बनाउन सकिन्छ भन्ने उदेश्यले प्रदर्शनीको आयोजना गर्न लागिएको महोत्सव मुल आयोजक समितीका संयोजक केशवराज थापाले जानकारी दिए । तीन दिनसम्म चल्ने प्रदर्शनी महोत्सवमा मधेश प्रदेश भित्रका किसानले उत्पादन गरेका कृषि उत्पादनका साथै दुग्ध जन्य पदार्थ र कृषि यान्त्रीकरण सामाग्री लगायतको स्टल राखिने कृषि पेशाप्रती आकर्षित गराउन उत्कृष्ट किसानलाइ पुरस्कारबाट सम्मानीत गर्ने, पशु उपचार, माटो, गोबर परिक्षण गर्ने ब्यवस्था मिलाइएको आयोजकले जनाएको छ । महोत्सवमा अवलोकन गर्न आएकाहरुको मनेरञ्जनका लागि स्थानीय कला संस्कृती झल्कीने सांस्कृतिक कार्यक्रमसमेत रहने बताएको छ ।


महोत्सवमा स्टल राख्न चाहनेको लागि निःशुल्क स्टलको ब्यवस्था गरिएको आयोजकले बताएको छ । महोत्सव सम्पन्न गर्नका लागि करिव २६ लाख रुपियाँ लाग्ने अनुमान गरिएको हरिवन वडानम्बर–३ का वडा अध्यक्ष समेत रहेका महोत्सव आर्थिक समितीका संयोजक दिपमान लोप्चनले जानकारी दिए । उनका अनुसार तीन दिनसम्म चल्ने महोत्सवमा ३० हजार बढीले अवलोकन गर्ने अपेक्षा राखेको बताए । हरिवन नगरपालिकालगायत बिभिन्न संघ संस्थाबाट आर्थिक सहयोग संकलन गरिएको महोत्सव आर्थिक संयोजक लोप्चनले जानकारी दिए ।
दोस्रो डेरी कृषि अनुसन्धान उत्पादन तथा कृषि औजार प्रदर्शनी महोत्सव हरिवनमा गत बर्षबाट सुरु भएको हो । यो महोत्सव प्रत्येक बर्ष सञ्चालन गर्दै जाने हरिवन नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

श्याम बाबा लगायतका मूर्ति निर्माण गर्न देवशिला अब राजस्..

कमल साह जनकपुरधाम,जेष्ठ ७ गते । श्री श्याम बाबालगायतका भगवानको मूर्ति बनाउन बागलुंगबाट ल्याईएको देवशिलालाई अब र..

3 घन्टा पहिले

संघीयता स्थापना पश्चात् मधेशको विकास अनुसन्धान गर्न सम..

कमल साहजनकपुरधाम, जेष्ठ ७ गते । मुलुकमा संघीयता स्थापना भए पश्चात् मधेशको विकास हेर्न बुझन एवं अध्ययन गर्नका लाग..

4 घन्टा पहिले

चुरे दोहन रोक्न काठमाण्डौको पद यात्रा

कमल साह, धनुषाजनकपुरधाम ,जेष्ठ ७ गते । चुरे जलाधर क्षेत्र तराई मधेशको प्राणवायु हो भन्दै चुरे बचाउ अभियानीहरु संघ..

4 घन्टा पहिले

एमाले सर्लाहीको अध्यक्षमा साह निर्वाचित, अन्य पदाधिकार..

संजु कर्ण, जेठ ४ गते । नेकपा एमाले सर्लाहीको अध्यक्षमा राजनारायण साह निर्वाचित भएको छ । निकटतम प्रतिस्पर्धी गणेश..

2 दिन पहिले

अख्तियारको टोलीद्धारा पोखरिया नगरपालिकाबाट कागजातहरु ..

रंजित चौरसिया,वीरगंज २ जेष्ठ । पर्साको पोखरिया नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोली मंग..

4 दिन पहिले