+977 9854027065 | akulpdsah@gmail.com

पंचकोशी परिक्रमा आईपुग्यो सोमबार अन्तरगृह परिक्रमा र होली मंगलवार हुने

1 महीना पहिले प्रकाशित

Akul Prasad Sah

408 Views

कमल साह
जनकपुुरधाम,चैत्र ११ गते । पन्द्रह दिने मिथिला पंचकोसी आज आईतवार जनकपुरधाम आई पुगेका छन । भाली सोमवार अन्तरगृह परिक्रमा हुने र मंगलवार होली हुने भएको छ ।
पन्द्र दिने मिथिला परिक्रमा आज भारतीय क्षेत्र विशोलबाट मिथिलाविहारी र किशोरी जी को डोला संगै जनकपुरधाम आई पुगेका छन ।
फागुन शुक्लपक्षबाट आरम्भ आरम्भ भएको १५ दिने, पँचायन र २४ घण्टे परिक्रमा रामजानकी को डोला संगै जनकपुरधाम आईपुगेका छन ।
पन्द्रह दिनसम्म चल्ने मिथिला पंचकोसी परिक्रमा फागुन २७ गते धनुषाको कचुरी र जनकपुरधाम को सुन्दर सदन मन्दिरबाट एक साथ उठेको थियो ।
मथिलाविहारी र किशोरी जीको डोला फागुन २७ गते राति जनकपुरधामको हनुमानगढीमा वास बसेको थियो । परिक्रमामा नांगै खुट्टा सहभागि हुने चलन रहेको छ ।
जनकपुरधाम उप महा नगरपालिका– १५ को हनुमानगढीबाट २८ गते विहान परिक्रमा भारतीय क्षेत्र कल्याणेश्वर दोश्रो पडाव पुगेको थियो । त्यहाँबाट २९ गते फुलहर,३० गते मटिहानी र चैत्र १ गते जलेश्वरमा विश्राम गरिएको थियो ।
मिथिलाविहारीको डोला जनकपुरधाम को जानकी मन्दिरबाट ५ कि.मी. उत्तर कचुरी मठबाट उठदैछ भने किशोरी जीको डोला जनकपुरधामकै अग्नी कुण्डमा रहेको शिया राघव शरणको राम जानकी मन्दिरबाट उठने गर्दछ । फागुन २७ गते मिथिलाविहारीको डोला कचुरी बाट जनकपुरधाम स्थित रत्नसागर मठमा आईपुगेको थियो । त्यहाँ पूजा आरती पश्चात् भोग राग लागेपछि डोला हनुमानगढीको लागि प्रस्थान भएको थियो ।
मिथिलाविहारी जी को डोला र किशोरी जी को डोला जानकी मन्दिर र राम मन्दिरमा आरती उतारेर हनुमानगढी पुगेका थिए । परिक्रमा १५ औं दिन चतुदर्शी तिथिमा पुनः यहाँ फर्केका छन र १६ औं दिन अर्थात् सोमावार पूर्णिमाका दिन ऐतिहासिक सरोवर गंगा सागर, धनुष सागर, अंगराज सर, महराज सागर, रत्नसागर, दुधमती नदीमा स्नान गरेर भगवान रामजानकीको दर्शन पूजन गर्दै अन्तःगृह परिक्रमा मा सहभागि हुने छन ।
मिथिला माध्यमिक परिक्रमा नामबाट प्रचारित १५ दिने परिक्रमाको अन्तिम पडाव विशोल पुग्ने दिन २४ घन्टे (बोल बाम) परिक्रमा कल्याणेश्वरबाट आरम्भ भएको थियो । बोलबाँम परिक्रमामा सहभागिहुने श्रद्धालुवर्ग विशोल पुगेर पुनः कल्याणेश्वर आई आफ्नो चिनो मिटाएर जनकपुरधाम आउनु भएका छन । बोलबाँम परिक्रमा र पँचायतन परिक्रममा सहभागी हुनेहरु ऐतिहासिक स्थल तिरहुतिया गाछीमा राती बास वस्ने गरेका हुन्छन ।
त्यस्तै १५ दिने परिक्रमामा सहभागी हुने यात्री रंगभूमिमा या परिक्रमा क्षेत्रमा रहेका अफ्न्तको घरमा समेत वास बस्ने गरेका हुन्छन ।
फाल्गुण पूर्णिमाका दिन अन्तःगृह परिक्रमा गरेर सम्पन्न हुने मिथिला पंचकोसी परिक्रमामा सहभागी हुनको लागि मथिलाविहारी र किशोरी जीको डोला गत रविवार राति जनकपुरधामको हनुमानगढीमा वास बसेको थिए । परिक्रमामा नांगै खुट्टा सहभागि हुने चलन रहेको छ ।
१५ दिने परिक्रमाको प्रमुख केन्द्रबिन्दु मिथिलाविहारी जी को डोला जनकपुरधाम को जानकी मन्दिरबाट ५ कि.मी. उत्तर कचुरी मठबाट उठेको हो । त्यस्तै किशोरी जीको डोला जनकपुरधामकै अग्नी कुण्ड स्थित शिया राघव शरणको राम जानकी मन्दिरबाट उठने गर्दछ ।
मिथिला मध्यमा परिक्रमा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बिहिबार पँचकोशी परिक्रमा सडक हुँदै पुगेको थियो ।
सो अवसरमा श्रद्धालु ऋषिमुनि तथा साधुसन्तको लागि भरपुर तैयारी भएको नगरप्रमुख सुरेश साह सोनारले बताउनु भयो ।
स्वागत द्वारदेखि खानेपानीको लागि ह्याण्ड पाइप,रात्रि बासको लागि टेन्ट,दाउरा,निःशुल्क स्वास्थ्य शिविर लगायत अन्य अत्यावश्यक व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
मिथिला बिहारी तथा किशोरी जीको डोलालाई स्व. परशुराम साह मिथिला परिक्रमा जलेश्वर तथा जनकपुरधाम स्थित रामजानकी मंदिर धर्म संस्था परिवार, नगर प्रमुख सोनार लगायतले स्वागत गर्नुभयो ।
यत्ता, मिथिला मध्यमा परिक्रमा स्वच्छ बनाउनको लागि महोत्तरी जिल्लाका विभिन्न बासाहरुमा पुग्ने दिन माछामासु तथा मदिरामा प्रतिबन्ध जिल्ला प्रशासन कार्यालय महोत्तरीले लगाएको छ ।
महोत्तरी प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल द्वारा जारी गरिएको एक प्रेस विज्ञप्तिमा भनिएको छ, ‘ यस निर्देशनको उल्ङघन भए कानुन बमोजिम कारबाही समेत भई जाने भएको जनाउँदै यस धार्मिक कार्यमा सबै क्षेत्रबाट सहयोग गरिदिनको लागि समस्त जिल्लाबासीसँग आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुरधाममा शहीद कप अन्तर प्रदेश स्तरीय क्रिकेट

कमल साहजनकपुरधाम,वैशाख २४ गते । मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा विहिवार देखि शह..

2 दिन पहिले

जानकी मन्दिरको जगमोहनमा रेलिंग लगाउँदा सर्वत्र विरोध

कमल साहजनकपुरधाम,वैशाख २४ गते । देव भुमि जनकपुरधामको मुटु जानकी मन्दिर स्थित जगमोहनमा रेलिंग लगाउँदा सर्वत्र वि..

2 दिन पहिले

कविता : पहिचान

        कविता :        पहिचान लेखक ः मनोज पण्डितबिदेह न.पा. ७,वेलापटटी, धनुषा   उत्पात मचाउने मान्छे कहिल..

6 दिन पहिले

हात्तीपाइले रोगविरुद्धको औषधि आईतवारदेखि धनुषामा खुवा..

कमल साहजनकपुरधाम,वैशाख २० गते । हात्ती पाइलो रोगको संक्रमण मधेश प्रदेशको धनुषा,सर्लाही सहित सात जिल्लामा जोखिम र..

6 दिन पहिले

एकीकृत सरकारी कर्मचारी संगठन मधेश प्रदेश द्धारा भितेँप..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख १७ गते । एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेश प्रदेश कार्यसमिति, जनक..

6 दिन पहिले