पर्यटकीयस्थलमा डेढ करोड लगानीमा पूर्वाधार
अन्नपूर्ण गाउँपालिका–५ को खोप्रा र खयरबाराही क्षेत्रको पर्यटकीय क्षेत्रको विकासका लागि स्थानीय बासिन्दाले रु एक करोड ५० लाखभन्दा बढी खर्च गरेर पूर्वाधार निर्माण गरेका छन् ।
पर्यटकीय र धार्मिक हिसाबले प्रशस्त सम्भावना भएर पनि ओझेलमा परेको खोप्रा र खयरको विकासका लागि स्थानीयवासीले पूर्वाधार निर्माण गरेका हुन् । उनीहरुले पाउद्वार गाउँदेखि खोप्रा लेकहुँदै खयरसम्म पुग्ने पदमार्ग, विश्रामस्थल र सामुदायिक होटल निर्माण गरेका छन् ।
खयर तालको अवलोकन र खयर बारहीको पूजापाठका लागि जाने पर्यटक तथा भक्तजनको सुविधाको लागि थानको पुनःनिर्माणसहित व्यवस्थित पदमार्ग र विश्रामस्थललगायतका भौतिक पूर्वाधार निर्माण गरिएको खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका संयोजक राजु पुनले बताउनुभयो ।
खयरबाराही अन्नपूर्ण हिमालको पूर्वी मोहोडाको फेदीमा समुद्री सतहदेखि चार हजार ६३० मिटरको उचाइमा अवस्थित छ । जनैपूर्णिमाको अवसरमा सो स्थानमा पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
कमेन्ट गर्नुहोस्
जनकपुरधाममा शहीद कप अन्तर प्रदेश स्तरीय क्रिकेट
कमल साहजनकपुरधाम,वैशाख २४ गते । मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा विहिवार देखि शह..
2 दिन पहिले
जानकी मन्दिरको जगमोहनमा रेलिंग लगाउँदा सर्वत्र विरोध
कमल साहजनकपुरधाम,वैशाख २४ गते । देव भुमि जनकपुरधामको मुटु जानकी मन्दिर स्थित जगमोहनमा रेलिंग लगाउँदा सर्वत्र वि..
2 दिन पहिले
कविता : पहिचान
कविता : पहिचान लेखक ः मनोज पण्डितबिदेह न.पा. ७,वेलापटटी, धनुषा उत्पात मचाउने मान्छे कहिल..
6 दिन पहिले
हात्तीपाइले रोगविरुद्धको औषधि आईतवारदेखि धनुषामा खुवा..
कमल साहजनकपुरधाम,वैशाख २० गते । हात्ती पाइलो रोगको संक्रमण मधेश प्रदेशको धनुषा,सर्लाही सहित सात जिल्लामा जोखिम र..
6 दिन पहिले
एकीकृत सरकारी कर्मचारी संगठन मधेश प्रदेश द्धारा भितेँप..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख १७ गते । एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेश प्रदेश कार्यसमिति, जनक..
6 दिन पहिले