हलवाई सेवा समितिमा भईरहेको अनियमित्तालाई रोक्न संरक्षक समिति अगाडी हुंदै

कमल साह, जनकपुरधाम
जनकपुरधाम, जेष्ठ १९ गते । हलवाई सेवा समितिमा बढदै गएको अनियमित्ता तथा लापर्वाहीलाई रोक्न संरक्षक समिति अगाडी बढन थालेको छ ।
जनकपुरधाम उप–महानगरपालिका भित्र रहेको वैश्य मध्येश्या कानु र कान कुब्ज हलवाईका केहि प्रमुख व्यक्तिको प्रयासबाट वि.सं. २०४९ सालमा स्थापना भएको हलवाई सेवा समिति यहाँको शिवचौकमा संचालित छ । त्यस भवनमा तलमाथि गरेर ९ पसल कवलसमेत १७ कोठे भवनबाट मासिक झण्डै १ लाख रुपियाँ असुल भई रहेको छ । तर, हलवाई सेवा समितिको भवन केही अंश सडक फराकिलो गर्दा भत्किन गएको हो । त्यस भवनमा थुप्रै दाताहरुले आ–आफ्नो माता पिताको नाउमा कोठाहरु निर्माण गर्नु भएको थियो । उक्त कोठा निर्माण गर्ने दाताहरुको नेमप्लेट हालसम्म वर्तमान अध्यक्ष उमेश साह लगाउन नसक्नु , वार्षिक साधारण सभा समयमा नगर्नु लगायतका आरोपहरु समाज भित्र उठन थालेका छन । यो देखेरे संरक्षक समिति सक्रियता देखाउन थालेको हो।
हलवाई सेवा समिति स्थापनाकालमा सबभन्दा बढी वल पुर्याउने काम जनकपुरधाम– ९ जानकी चौक वस्ने सत्यनारायण प्रसाद गुप्ता ले गर्नुभएको हो । तस्र्थ हलावाई सेवा समितिका कार्य समिति माथि संरक्षक समिति लाई राखिएको छ । समितिका विधानमा व्यवस्था भए अनुसार नै आजिवन संरक्षक समितिका अध्यक्ष पदमा सत्यनारयण गुप्ता( बमबम) लाई राख्दै सात सदस्यिय समिति बनाएको हो ।
उनि सेवासमिति तथा धर्मशालको लागि जग्गा उपलब्ध गराउनु भएको हुनाले संरक्षक समिति को अध्यक्ष पदमा आजिवन हुनुहुन्छ । विधान अनुसार हलवाई सेवा समितिलाई जग्गा उपलब्ध गराउने दाता,संरक्षक रहनेगरी संरक्षक समिति गठन गर्ने प्राब्धान रहेको छ । त्यस समितिमा संस्थापक अध्यक्ष,कार्यकारणी समितिका अध्यक्ष पदेन सदस्य रहने तथा रु एक लाख भन्दा बढी नगद वा जिन्सी उपलब्ध गराउने चन्दादातामध्येबाट २ जनालाई पदेन संरक्षक सदस्य गरि ७ जनाको गठन हुने प्राब्धान रहेको छ ।
जनकपुरधामको मुटु स्थल शिवचौकमा संचालित हलवाई सेवा समितिका अध्यक्ष अचेल उमेश साह रहनु भएको हो । तर, उनि विधान सम्मत सेवा समितिलाई संचालन गरिनरहेको ले संरक्षक समिति का अध्यक्ष सत्यनारायण गुप्ता सक्रियता देखाउन थालेका छन ।
हलवाई सेवा समिति को संरक्षक साह का अनुसार सेवा समितिको हरेक वार्षिक साधारण सभा असोज १५ गते सम्म सम्पन्न हुनुपर्ने हो । सो भएको छैन । अध्यक्ष दिनेश साह ले पदभार ग्रहण गरेको झण्डै अढाई वर्ष नाघिसकेपनि एउटा साधारण सभा गर्न सकेको छैन। भवनमा दाताहरुको नाम उल्लेख गराउन नसेको आरोप पनि उहाँ लगाउनु हुन्छ ।
उहाँ भन्नु हुन्छ, यसरी एकपछि अर्को स–साना गल्ती बढदै जाँदा एउटा समाजिक संस्थाका मानमर्दन हुने भएको ले हामी व्यवस्थितपार्नको लागि विधान सम्मत वार्षिक साधारण सभा एवं निर्वाचनको लागि सक्रियता देखाएका छौं । उहाँका अनुसार कोरोना भाइरस भेरियन्ट २ को प्रकोप सेलाएपछि संरक्षक समिति सक्रियता पूर्वक हलवाई सेवा समितिलाई आफ्नो हातमा राखेर वार्षिक साधारण सभा गराउने हुन ।
हलवाई सेवा समितिको विधान अनुसार कार्यसमितिको कार्यकाल दुई वर्षको रहेछ । तर, यो भन्दा अघिको अध्यक्ष महेन्द्र साह ले पाँच कार्य काल अर्थात १० वर्षसम्म एकहोरो चलाएको थियो । समाजमा उहाँको विरोध सर्वत्र भएपछि मात्र उनले निर्वाचन गराउनु भएको बुझिन्छन ।
हलवाई सेवा समितिका एक जना पूर्व अध्यक्षका अनुसार निवर्तमान अध्यक्ष महेन्द्र साह ले वार्षिक साधारण सभामा १५ लाख रुपियाँको हिसाब मिलान गर्न सकेको थिएनन् । त्यो रकम तिर्नु नपर्ने गरीब वार्षिक साधारण सभाले बहमतबाट पास गरेको थियो ।
उहाँ भन्नुहुन्छ सो देखेर नै वर्तमान अध्यक्ष साह पनि रकमको हिनामिना त गर्ने होईन शंका गर्दै संरक्षक समिति सम्पू्र्ण अधिकार आफ्नो हातमा लिनेको लागि प्रयास गर्नु खुशीको कुरा हो ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
11 दिन पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
11 दिन पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
23 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
23 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
23 दिन पहिले

