+977 9854027065 | akulpdsah@gmail.com

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्वपामा गरे प्रवेश

3 महीना पहिले प्रकाशित

Akul Prasad Sah

444 Views

धिरेश दत्त
जनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यस जिल्लालाई मधेशको राजनीतिक गढका रूपमा चिनिन्छ। उम्मेदवार बनेका नेताहरूको गतिविधि बढेसँगै पार्टी प्रबेश गर्नेहरुको लर्को पनि निकै रोचक देखिएको छ ।
यसैबीच, शिक्षाबिद् अमरेन्द्र झा लगायत दर्जनौं नेता तथा कार्यकर्ताहरु नेकपा (एमाले) परित्याग गरि रास्वपामा प्रवेश गरेका छन् ।
हालै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (एमाले) का सचिव महेश बस्नेतले मधेस र मधेसी प्रति लक्षीत गरि दिएको अभिव्यक्ति प्रति दुःख ब्यक्त गर्दै धनुषा निर्वाचन क्षेत्र नं.३ मा नेकपा एमालेकी पूर्व मन्त्री तथा पोलिटब्युरो सदस्य जुलीकुमारी महताले पनि एकलौटी र मनोमानी तरिकाले सकृय कार्यकर्तालाई पाखा लगाई हैकमवादी तरिकाले पर्टिमा मनोमानी गर्दै आई रहेकोले यो नेकपा एमाले पार्टी मधेसीको नभई यो पार्टी पहडिया खस–शासक वर्गहरुकोलागी मात्र रहेको र त्यस्ता पार्टीले मधेस र मधेसीहरुकालागी केहि गर्न नसक्ने भएकाले यो पार्टि परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) मा प्रवेश गरेको झा ले बताए ।
नेकपा (एमाले) पार्टी परित्याग गर्नेहरुमा क्रमशः प्रदेश समिति सदस्य ममता पाठक,गीता साह,भोला मिश्र,अन्जू कुमारी,रामबाबू महतो लगायत दर्जनौं नेता तथा कार्यकर्ताहरु रास्वपामा प्रवेश गरेका छन् ।
पार्टिमा रास्वपाका पूर्व प्रतिनिधि सभा सदस्य मनिष झाले नेकपा (एमाले) परित्याग गरि रास्वपामा प्रवेश गरेकाहरुलाई फुलमाला तथा अबिर लगाई पार्टीमा भित्रयाउनुभएको छ ।
धनुषाका क्षेत्र नम्बर–३ सबैभन्दा बढी चर्चित छ। नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। निधि पूर्व उपप्रधानमन्त्री, गृहमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहिसक्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी पूर्व मन्त्री तथा पोलिटब्युरो सदस्य जुलीकुमारी महतो हुनुहुन्छ, जो यस क्षेत्रबाट निर्वाचित भइसक्नुभएको छ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसमेत रहिसक्नुभएको छ ।
जसपाबाट पूर्व प्रदेशसभा सदस्य परमेश्वर साह सुडी, रास्वपाबाट पूर्व प्रतिनिधि सभा सदस्य मनिष झा, जनमत पार्टीबाट गोपालप्रसाद साह र राष्ट्रिय मुक्ति मोर्चाबाट समाजसेवी डा. राजिव झा उम्मेदवार हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

10 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

1 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले