+977 9854027065 | akulpdsah@gmail.com

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार खोस्ने छ

8 महीना पहिले प्रकाशित

Akul Prasad Sah

1081 Views

कमल साह
जनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ । 
   नगर प्रमुख मनोज कुमार साह ले जनकपुरधाम उप महानगरपालिकाकोे  १३ औं नगरसभामा पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर जनकपुरधाम उपमहानगरपालिकाले उठाउने प्रस्ताव राख्नु भएको छ ।  नगरप्रमुख साहले आ.व.२०८२।०८३ देखि मालपोत दस्तुर उठाउने  प्रस्ताव साधारण सभाबाट पारित हुँदा कानून बन्नेछ ।
    गुठी संस्थान कार्यालयको अधिमानमा रहेको जमिनलाई  तीन किसिमको वर्गिकरण गरिएको छ । गुठी संस्थानको पूर्ण स्वामित्व भएको जमिन ‘गुठी तैनाथी’,गुठी संस्थान अन्तर्गत रहेको जमिन भएपनि मनखप लाग्ने खालका जमिनलाई ‘गुठी अधिनस्थ’ र मालपोत मात्र गुठी संस्थान ले उठाउने अधिकार भएको जमिनलाई ‘रैतानी’ भनिन्छ ।
    जनकपुरधाम उप महानगरपालिका भित्रमा यस्ता तिनटै प्रकारका जमिन रहेको छ । गुठी अधिनस्थ जग्गा मठाधिश र गुठीका हाकीमदेखि  कर्मचारीको सक्रियताले प्रायः समाप्त हुन लागेको छ । 
    यत्ता, गुठी संस्थानले रैतानी जमिनबाट मालपोत दस्तुर नेपाल सरकारले कायम गरेको दस्तुर भन्दा झण्डै तीन गुणा बढी प्रतिकठ्ठा २३४ रुपिया असुल गरिदैछ । 
   नेपाल सरकार अन्तर्गत रहेको जग्गाबाट  प्रतिकठ्ठा  ८० रुपियाँ मालपोत मात्र असुल भईरहेको छ । तर, त्यही गुठी कार्यालयले प्रति कठ्ठा रु दुई सय चौंतिस रुपियाँ मालपोत दस्तुर असुल गर्नु चरम शोषणको शिकार नेपाली जनता  भईरहेका छन । 
   तर,यस मुद्दाको विरोध कुनै राजनीतिक दलबाट भएको छैन । यहाँ यो पनि बडम्बना रहेको छ । 
    एकै ठाउँमा दुई किसिमको मालपोत लाग्ने र त्यो पनि झण्डै तीन गुणाबढी दस्तुर रहेको ले उपमहानगर भित्रका किसानहरुले गुठी संस्थानमा मालपोत बुझाउने परम्पराबाट कहिल्ये छुटकारा मिल्ने सोंच रहेको मौकामा उमहानगरपालिकामा आएको प्रस्तावबाट उनिहरु हर्षित छन ।
   जनकपुरधाम उप महानगरपालिकाले ल्याएको प्रस्तावको  गुठीे रैतानी अन्तर्गतका जग्गाधनीहरु खुसी व्यक्त गर्र्दैछन । गोपाल नाम गरेका किसानले   हाम्रो जमिनको मालपोत दस्तुर नगरपालिका ले उठाएमा प्रति कठ्ठा रु ८० मात्र लाग्ने भनेर खुसी मनाउँदै छन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

7 घन्टा पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

11 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

24 दिन पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

26 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले