राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृतको लागि १७ वर्षपछि छलफल
कमल साह
जनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नको लागि झण्डै १७ वर्ष पछि पुनः कार्य आरम्भ भएको छ ।
पुरातात्विक विभागको पहलमा युनेस्कोको टोली १७ वर्षपछि जनकपुरधाम आएर मंसिर २२ र २३ गते गोष्ठी समेत गरेकोछ ।
युनेस्को टोली यो भन्दा अघि सन् २००८ मा आएको थियो । त्यो बेला जानकी मन्दिरलाई मात्र विश्व सम्पदा सूचिमा सूचिकृत गराउने बारेमा छलफल भएको थियो । सायद श्री कीशोरी जी लाई त्यो कुरा मन नपराएको ले गर्भमै तुहेको थियो ।
हो हाम्रो संस्कृतिमा पहिले पुरुषको अर्थात त्यसमा राम मन्दिरलाई छोडेको हुनाले योजना अगाडी िबढन सकेको थिएन । राम मन्दिर जनकपुरधामको एक प्रतिक मात्र होइन कि संस्कृतिको धरोहर हो । यहाँ तीनटै युगको प्रतिनिधित्व हुन्छ । सतयुगमा विष्ण भगवनाको प्रतिनिधित्व यहाँ लक्ष्मीनारायणको रुपमा भई रहेको छ । जो बीचको विग्रह हो
त्यस्तै त्रेता युगका मर्यादा श्री रामजानकी समेत चारवटै भईको मुर्ति रहेको छ । त्यसलाई पंचायतन भगवान पनि भने गरिन्छ । यो सबै भन्दा दक्षिण पट्टी अवस्थित छ ।
उस्तै द्वापर युगमा श्री कृष्ण समेत दशावतारको विग्रह बिराजमान राहेको छ ।
राम मन्दिर त परिसरको कुरै अहिल्ये छोडौं ।
मंसिर २३ गते सम्पन्न भएको गोष्ठीमा राममन्दिरलाई जोडेर विश्वसम्पदा सूचिमा ल्याउने कुरा भएको छ ।
युनेस्को टोलीले आवश्यक कागजात, ऐतिहासिक प्रमाण, संरक्षण योजना तथा भौतिक अवस्थाको थप अध्ययनपछि अन्तिम प्रतिवेदन तयार पार्ने योजनामा रहेको छ ।
पहिलो दिनको कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानान, धनुषा जिल्लाको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेल, जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोज साह,उपप्रमुख किशोरी साह युनेस्को (एसिया प्यासिफिक युनिट)का निर्देशक प्रा.डा.रोलैण्ड लिन, युनेस्कोका निर्देशक नाभा वस्नेत,श्रीराम मन्दिरका महन्थ राम गिरी, संस्कृतिविद् ई. गोपाल झा युनेस्कोका कन्सलटेन्ट आर्किटेक्ट लगायतको उपस्थिति रहेको थियो ।
युनेस्को र पुरातत्व विभागबाट जनकपुरधामलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने बारेमा बताउँदै यहाँ थुप्रै चरणहरु पार गर्नुपर्ने बताउनु भयो ।
दुईदिने विचारविमर्शमा श्रीराम मन्दिर र श्रीजानकी मन्दिर परिसरको व्यवस्थापन रुपरेखाको सुरुवात” विषयमा केन्द्रित भएर कार्यशाला अगाडी बढाएको थियो ।
त्यसमा श्रीजानकी मन्दिरको पुरानो स्वरुप र गङ्गासागरको उत्तर–पूर्व कुनामा रहेको गुम्बज शैलीको यो मन्दिर प्रति ध्यानाकर्षण गराइएको थियो । यहाँ रहेको प्राचिन शोक्ती “बाबन कुटी,बहत्तर कुण्डा” को संरक्षण गर्न र अमूर्त सम्पदाहरूमा मेलाहरूको व्यवस्थापन, अष्टावक्र गीताको प्रचारप्रसार, राष्ट्रिय अभिलेखालयमा संरक्षित राखिएका मिथिलाक्षरमा लेखिएका ४ हजार पाण्डुलिपिको माइक्रोफिल्म जनकपुरधाममा अध्ययन,अनुसंधानको व्यवस्था गर्नुपर्ने लगायतका बिचारहरु पनि संकलित भएको छ ।
उसैगरी जनकपुरधामको सरसफाइमा विशेष ध्यान दिनुपर्ने,परिक्रमा पथलाई च्ष्लन चयबम भन्न नहुने र सोही अनुसार निर्माण, विस्तार,संरक्षण गर्नुपर्ने विषयमा सहभागीहरूले ध्यानाकर्षण गराएका थिए । जो संकलित भएको छ ।

जनकपुरधामका ५२ कुटी मध्ये धेरै जसो हराइसकेका छन् । यस्ता सम्पदाहरू व्यक्तिगत भएपनि राज्यले संरक्षण गर्नु पर्नेलगायका कुराहरु पनि संकलन भएको छ । जनकपुरधाम उपमहानगरपालिकाले थप क्षति हुनबाट जोगाउने प्रयास गर्नुपर्छ भनेर आवाज पनि उठेकै थियो ।
छलफलमा गङ्गासागर, धनुषसागर ,स्वर्गद्वारी, गोपाल धर्मशाला,गङ्गासागर नजिक रहेका सम्पदाहरूबारे विचार प्रस्तुत भएको थियो।
गङ्गासागर र धनुषसागरको बीचमा रहेको सार्वजनिक पुस्तकालय,नगर डिहवार, धनुष सागर(धनुष क्षेत्र)को पश्चिमपट्टि, राम मन्दिरको पूर्वपट्टि रहेको बरसाती एवं रामायणी भवनलाई संरक्षण गर्नुपर्ने समुहबाट बिचार आएको थियो । रामायणी भवनमा पहिला प्रवचन हुने गथ्र्यो ।
अहिले जिर्णाअवस्थामा रहेको ले प्रयोगविहीन अवस्थामा छ । यो भवन र बरसाती पुरानै प्रयोजनार्थ(रामायण सम्बन्धि चर्चा–परिचर्चा एवं प्रवचन) पुरानै अवस्थामा फर्काउन नितान्त आवश्यक रहेको आवाज आएको हो ।
जनकपुरधाम को सफाईका कार्यमा जनकपुरधाम उपमहानगरपालिकालाई दृढ़ इच्छाशक्ति साथा अगाडी आउनु पर्ने समेत वक्ताहरुबाट विचार संकलन भएको छ ।
यूनेस्को कोरियन फण्ड, नेपाल सरकार र स्थानीय निकाय सहभागितामा भएको समापन गर्दै पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानान ले स्थानिय सरकारले एउटा कुरा हमेशा ध्यानमा राखेर विकास निर्माण गर्नुपर्छ कि पहिचान नमिटोस् , संरक्षितको कुरा योजनामा नछुटोस् बताउनु भायो ।
जनकपुरलाई विश्व सम्पदा सूचिमा सूचिकृत हुनु भन्दा अघि कयौं पल्ट अहिल्ये छलफल गर्नुपर्ने उहाँले थप्नुभयो । उहाँले रामायण संग जोडिएका संस्कृतिलाई पहिलो प्राथमिक्तामा राखिने बताउनु भयो ।
जनकपुरधाम मिथिला सभ्यता, मर्यादा र अध्यात्मको जीवंत केन्द्र रहेको ले यो मिथिला लोक आत्मा रहेको तर्कहरु पनि आएको छ ।
राम मन्दिर र जानकी मन्दिर परिसरको व्यवस्थापन सुव्यवस्थित, मर्यादित आ अन्तर्राष्ट्रीय स्तरक अनुरूप बनाउनु पर्छ , जो पुरात्व विभागको निर्देशन अनुसार हुनुपर्ने आवश्यकता रहेको छ ।
कमेन्ट गर्नुहोस्
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
7 घन्टा पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
1 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
2 महीना पहिले
रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..
भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..
2 महीना पहिले
जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
6 महीना पहिले
संवाददाता
