नेपालको विकासमा छिमेकी राष्ट्रहरूको महत्वपूर्ण योगदान हो– ईश्वर पोखरेल
कमल साह,जेठ २२ गते ।
जनकपुरधाम । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको विकासमा हाम्रा दुई छिमेकी मित्र राष्ट्रको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
यहाँका सरस्वती नमूना माध्यमिक विद्यालयमा विभिन्न शैक्षिक सामग्री हस्तारण समारोहका प्रमुख अतिथीको आसनबाट उक्तकुरा उहाँले राख्नुभयो ।
चीन सरकारको चाईना फाण्डेशन फर रुलर डेभलम्पमेन्ट नेपाल कार्यालयद्वारा डेक्स बेन्च, स्मार्ट बोर्ड तथा सेते बोर्ड हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पोखरेले नेपालको आर्थिक विकासमा चीन सरकारको महत्वपूर्ण योगदान रहेको बताउँदै पछिल्लो समयमा चाईना फाउण्डेशन फर रुलर डेभलम्पमेन्ट नेपाल संस्था मार्फत नेपालको ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य तथा खानेपानीको क्षेत्रमा गरिरहेको काम फदायी रहेको बताउनु भयो ।
उहाँले नेपाललाई बनाउनका लागि आफूहरूले नेपालका दुवै छिमेकी राष्ट्र भारत र चिन सँग मित्रवत् सम्बन्ध राख्न चाहेको बताउनुभयो ।
उहाँले सबै कुरा बदल्न मिल्छ ,तर पडोसीलाई बदल्न नसक्ने भएकाले नेपाल दुवै देशसँग समानान्तर सम्बन्ध राख्न चाहेको भन्नुभयो । उहाँले नेपाललाई समृद्ध बनाउन ठूलो जनसङ्ख्या तथा अर्थतन्त्र भएको दुवै मित्र देशको साथ र सहयोग निरंतर चाहि रहने बिचार थप्नुभयो ।
सरस्वती नमूना माविका पूर्व विद्यार्थी रहिसकेको उहाँले जानकारी गराउँदै आफुले एसएलसीसम्म अध्ययन गरेको विद्यालयको सुदृढ होस् ,नेपालमै नमूना को विद्यालय होस् चाहना रहेको बताउँदै प्रधान अध्यापक नागेश्वसर साहलाई भन्नुभयो मेरोे आवश्यकता महशुस भएको बेलामा सम्झनु होला,सहयोग गर्न प्रतिब्ध छु ।
सो समारोहका विशिष्ठ अतिथी नेकपा एमालेका नेत्री एवं प्रतिनिधि सभाका सदस्य जुली कुमारी महतोले नेपालको भौतिक पूर्वाधारको निर्माणमा चीन सरकारको महत्वपूर्ण योगदान रहेको बताउँदै नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि थप लगानी बढाउन आग्रह गर्नुभयो ।
उहाँले अगामी आर्थिक वर्षको योजनामा जनकपुरधामका सरस्वती नमूना मावि र रुपैठा माविमा पूर्वाधार निर्माणका लागि ८३ लाख रुपियाँ विनियोजन भएको जानकारी गराउँदै त्यस रकमबाट विद्यालयलाई चाहिने आबश्यकता पुर्तिमा खर्चिन बताउनु भयो ।
सो समारोहका अध्यक्षता गर्दै विद्यालयका प्रधानाध्यापक नागेश्वर साहले विद्यालयको शैक्षिक विकासका लागि चीन सरकारको तर्फबाट प्राप्त भएको शैक्षिक सामग्रीहरूले सहयोग मिल्ने बताउनुभयो । नेपालका लागि चिनिया राजदूतावासका वाणिज्य काउन्सीलर सीईयू, चाईना फाण्डेशन फर रुलर डेभलम्पमेन्ट नेपालका कन्ट्री डाईरेक्टर जाओ स्याङ्ग र राजदूतावासका राजनीतिक तथा प्रेस मामिला निर्देशक यु पेङ्गचेङ्गले विद्यालयलाई शैक्षिक सामग्रीहरु हस्तान्तरण गर्नुभयो ।
त्यसैगरि जनकपुरधामका प्रादेशिक अस्पतालका प्रसूति गृहका लागि चाईना फाण्डेशन फर रुलर डेभलम्पमेन्ट नेपालले आरामदायी बर्थिङ्ग अभियान अन्तर्गत पाँच थान इयरकण्डिशनर मेशिन अस्पतालका निर्देशक डा. जामुन प्रसाद सिंहलाई हस्तान्तरण गर्नुभयो ।
सो कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले हाम्रा छिमेकी दुई मित्र देशले नेपालका शिक्षा,स्वास्थ्य लगायका क्षेत्रमा विकास आफ्नै सम्झेर गरिदिनको लागि आग्रह गर्नुभयो ।
जनकपुर प्रादेशिक अस्पतालका निर्देशक डा.जामुन प्रसाद सिहंले मधेश प्रदेशको ६० लाख जनसंख्याको स्वास्थ्य उपचारका लागि एक हजार बेडको अत्याधुनिक अस्पताल निर्माण गरिदिनको लागि चिन सरकार संग आग्रह गर्नुभयो ।
कमेन्ट गर्नुहोस्
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
17 दिन पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
24 दिन पहिले
रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..
भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..
26 दिन पहिले
जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
5 महीना पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
5 महीना पहिले
संवाददाता
संवाददाता
