+977 9854027065 | akulpdsah@gmail.com

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

6 महीना पहिले प्रकाशित

Akul Prasad Sah

938 Views

सन्जु कर्ण, सर्लाही, 
सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 
४२२२ जना शेयर सदस्य रहेको यस संस्थाले ३१ करोड ६० लाख ६१ हजार १९३ रुपैया कारोवार गर्दै १ करोड ४२ लाख १३ हजार ७०९ रुपैया खुद मुनाफा गरेको साथै यस संस्थाका शेयर सदस्य हरुलाई ८ प्रतिशत बोनस वितरण गरेको यस संस्थाका कोषाध्यक्ष दिनेश के.सि.ले बताउनु भयो । 


सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष मोहन लाल श्रेष्ठको अध्यतामा भएको साधारण सभामा  यस संस्थाका जेष्ठ शेयर सदस्य लक्ष्मि देवि श्रेष्ठको प्रमुख आतित्यथा रहेको थियो । 
साथै संस्थाका सम्पुर्ण पदाधीकारि हरु, सल्लाहकारहरु, कर्मचारीहरु लगायत उल्लेख्य संख्यामा शेयर सदस्यहरुको उपस्थितीमा १५औं वार्षिक साधारण सभा सम्पन्न भएको संस्थाका उपाध्यक्ष पुरुषोत्तम थापाले बताउनु भयो । 
संस्थाले साधारण सभाको अवसरमा प्रमुख अतिथी जेष्ठ शेयर सदस्य लक्ष्मि देवि श्रेष्ठ लगायत उत्कृष्ठ वाल वचत कर्ता (पुरुष, महिला), उत्कृष्ठ वचतकर्ता (पुरुष, महिला), असल ऋणी, उत्कृष्ठ कर्मचारी हरुलाई सम्मान गरिएको संस्थाका संचालक सदस्य प्रयाग राज पोतेले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

7 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

27 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले