मधेशमा धोती दिवस मनाइयो
कमल साह
जनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ ।
राष्ट्रिय पोसाक दिवसको उपलक्ष्यमा जनकपुरधामका हिन्दु सम्राट सेना नेपालले मिथिला पहिरण दिवसको रुपमा मनाएर धोती प्रदर्शन गरेको छ ।
प्राचिन मिथिलाको राजधानी जनकपुरधामको जानकी मन्दिर अगाडी परम्परागत सामग्रीको मौलिकता बचाई राख्ने उद्देश्यले मैथिली पहिरण (धोती, कुर्ता, गम्छा, पाग) लगाएर धोती प्रदर्शन गरियो ।
तर, हिन्दू सम्राट सेनाका केन्द्रिय सदस्य ज्ञानेन्द्र सनातनीले मिथिलावासी आफ्नो संस्कृति र पहिचान बिर्सीसकेकोले उनीहरुलाई आफ्नो परम्परा र पहिचानको ध्यान गराउन आवश्यक रहेको आफ्नो परिहरण प्रदर्शन गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘वर्तमानका हाम्रा युवा पिढीले हनुमान चालिसा र गायत्री मन्त्रसमेत बिर्सिसको छ ।’
उहाँले सामाजिक सञ्जालमा टिकाटिप्पनी गर्नेहरुले पहिला हाम्रो धर्म, संस्कृति र पहिचान के रहेको हो बुझ्नु आवश्यक रहेको बताउनुभयो ।
सो अवसरमा हिन्दु सम्राट सेना नेपालका उपाध्यक्ष कृष्णा सनातनीले मिथिलाको पहिचान मैथिली पोसाकलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने बिचार राख्नुभयो ।
उहाँले वैदिक सनातन धर्ममा धोती कुर्ता र पागको वर्णन उल्लेखित रहेकोले यसलाई नबिर्सन सबैसंग आग्रह गर्नुयभो ।
जन्मदेखि मरनसम्म हरेक शुभ कार्यमा तथा पूजा पाठ गर्दा पनि धोती र कुर्तानै लगाईने हुँदा संस्कृति जोगाउन सबै एकजुट भएर लाग्नु पर्नेमा तर्क समेत उहाँले राख्नुभयो ।
हाम्रा अभिभावकहरु आफ्नो बच्चालाई संस्कृति सिकाउन र बचाउन आग्रह आग्रह समेत उहाँले गर्नुभयो ।
त्यस्तै रोमको इसाई सम्राट द्वारा चलाईएको इ.सं.को नयाँ वर्ष मनाउन भारतीय पर्यटकहरु प्रचुर मात्रामा यहाँ आएका थिए । त्यसले गर्दा यहाँका होटल व्याबसायीहरुले प्रयाप्ता ग्राहक पाएका छन । भारतबाट आउनु भएका पर्यटकहरुमा सत्प्रशित हिन्दु धर्माबलम्बीहरु रहेका थिए । उनिहरुले नयाँ वर्ष राम्रोसंग सफल होस् कामनाका लागि यहाँका श्री राम मन्दिर,श्री राजदेवी मन्दिर र श्री जानकी मन्दिरमा पुगेर दर्शन पूजन गरेका छन ।
त्यस्तै अग्रेंजी नयाँ वर्ष मनाउनका लागि यहाँका युवालगायतका वर्गहरु मणिमण्डपलगायतका ठाउँमा पिकनिक मनाउन पुगेका छन ।
हुने खाने युवाहरु धनुषाको पोखरीया,कमला नदी,महोत्तरीको कालापानी,सर्लाहीको भरत ताल,रौतहटको नूनथर लगायतका पुगेका छन । तर,कतिपय युवाहरु मणिमण्डप मै पिकनिक गरेर रमाएका छन ।
त्यहाँ स्थानीय युवाहरुले ठूलो स्वरमा अश्लिल गीतहरु बजाएर अंग्रेजी नयाँ वर्ष मनाइरहेकोमा हिन्दु सम्राट सेनाले आक्रोस व्यक्त गरेको छ ।
उनिहरु हाम्रो सनातन धर्ममा नयाँ वर्ष बैसाख १ गत्ते रहेकोले सो दिन मात्र नयाँ वर्ष मनाउन उनीहरुले आग्रह गरेका छन ।
राष्ट्रिय पोशाक दिवस कै दिन टोपी दिवस पनि मनाईने गरिन्छ । सो अवसर पारेर े टोपी कहिल्ये नलगाउने व्यक्तिले टाउकोमा टोपी राखेर टोपी दिवस मनाइयो ।
कमेन्ट गर्नुहोस्
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
15 दिन पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
2 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
2 महीना पहिले
रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..
भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..
2 महीना पहिले
