धनुषामा अगामी १४ गतेसम्म निषेधाज्ञा बढाइयो तर, सरकारी अर्ध सरकारी अड्डाहरु पनि खुल्ने

कमल साह
जनकपुरधाम,असार ७ गते । धनुषामा ७ दिन निषेधाज्ञा थप गरेर १४ गते सम्म पारिएको छ।तर, जोर विजोर गरेर टेम्पु र जिप पनि चलाउने छ ।
जिल्ला प्रशासन कार्यालय धनुषा मा आज बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठका बाट आज राती १२ बजेदेखि ७ दिनसम्म लागु हुने गरि निषेधाज्ञा थप गरिने निर्णय गरिएको छ । साथै आवश्यक पसलहरु आब दिउँसो ३ बजेसम्म खोल्न मिल्ने बैठकले निर्णय गरेको छ ।
गत साता नै त्यस्ता पसलहरू बिहान ११ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको थियो ।
बैठक ले निजी सवारी साधन मोटरसाईकल ,टेम्पू, ट्याक्सी आदि जोर बिजोर प्रणाली अनुसार चलाउन सकिने निर्णय गरिएको छ । त्यस्तै, विद्यालयहरुमा भीडभाड हुन नदिई आलोपालो गरी पुस्तकहरु वितरणको व्यवस्था गर्न सकिने उल्लेख गरिएको छ । सरकारी, अर्ध सरकारी कार्यालय, स्थानीय तह एवं संस्थानहरुले भीडभाड हुन नदिई आलोपालो गरी नियमित सेवा सुचारु गर्ने निर्णय बैठकमा गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले नियमित सेवा सुचारु गर्न भनिएको छ ।
निषेधाज्ञा आदेशको उल्लघंन गर्ने व्यक्ति तथा संस्थालाई कानुन अनुसार कारबाही गरिने जनाईएको छ ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
11 दिन पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
11 दिन पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
22 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
22 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
23 दिन पहिले

