+977 9854027065 | akulpdsah@gmail.com

कोरियाली प्रायद्विपमा शान्तिको खोजी, उत्तर कोरियाका सरकार प्रमुख दक्षिण कोरिया जाँदै

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

3338 Views

उत्तर कोरियाका सरकार प्रमुख किम योङ नामले यसै साता दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् ।

उनको यो भ्रमणले उत्तर कोरिया कोरियाली प्रायद्विपमा शान्ति स्थापना गर्न प्योङयाङ इच्छुक रहेको संकेत गरेको आम टिप्पणी छ । दक्षिण कोरियाले पनि उत्तरबाट उच्चतहको प्रतिनिधिमण्डलको सहभागिताका लागि आग्रह गरेको थियो । अन्य कतिपयले भने उत्तर कोरियाको यो निर्णयलाई नै आणविक कार्यक्रम रोक्ने उसको चाहना भएको भन्न नमिल्ने बताएका छन् ।

विन्टर ओलम्पिक्सको उद्घाटन समारोहमा उत्तर कोरियाका तर्फबाट उच्चस्तरीय प्रमण्डल दक्षिण कोरिया जाने भएको हो । उक्त खेलकुद समारोहमा दुबै कोरियाले एउटै झण्डा मुनि मार्च गर्नेछन् । दुई कोरियाबीच यसले सकारात्मक वातावरण बनाउने टिप्पणी गरिएको छ । ९० बर्षका किम योङ नामले उत्तर कोरियाका तीन शासकसँग देखेका छन् । उनी उत्तर कोरियाका सेरेमोनियल प्रमुख हुन् । प्योङयाङस्थित बिदेशी राजदुतहरुले उनलाई ओहोदाको प्रमाणपत्र पेश गर्छन् ।

उनी सन १९९८ देखि उत्तर कोरियाको संसद सुप्रिम पिपुल्स एसेम्ब्लीका अध्यक्ष रहँदै आएका छन् । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको सट्टामा यी सेरेमोनियल प्रमुख बिदेश भ्रमणमा जान्छन् । सन २०१७ मा इरानका राष्ट्रपति हसन रुहानीको दोश्रो कार्यकालको आरम्भमा सहभागि हुन उनले इरानको भ्रमण गरेका थिए । रुसा सन २०१४ मा भएको विन्टर ओलम्पिक्समा पनि उनी सहभागि भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

9 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

22 दिन पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

24 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

2 महीना पहिले