भारत नेपालको सम्बन्ध कसैले चाहेर बिग्रनेवाला छैन महाराष्ट्रका उपमुख्यमन्त्री

निरंजनकुमार साह,
मुम्बई मंसिर १४ गते । भारतको महाराष्ट्र प्रदेशका उपमुख्यमन्त्री देवेंद्र फडणवीसले भारत नेपालको सम्बन्ध कसैले चाहेर बिग्रनेवाला छैन बताएका छन् ।
स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालको संयोजनमा भारत भ्रमणमा रहनुभएको नेपाली पत्रकारहरुको प्रतिनिधि मण्डलसँगको भेटमा उपमुख्यमन्त्री फडणवीसले भने नेपाली क्रिकेटरहरुलाई मुम्बईमा प्रशिक्षण,व्यवसायिक क्रिकेटमा अवसर दिन सकिने बताए ।
नेपाली क्रिकेटको विकासमा आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।
ञनेपाल क्रिकेटसंघ (क्यान)ले उपर्युक्त प्रस्ताव ल्याएमा क्रिकेटमा दुई पक्षीय प्रतिष्पर्धा गर्न सकिन्छझ, उपमुख्यमन्त्री फडणवीसले बताए ।
नेपाली पत्रकारहरुले छलफलका क्रममा नेपाल भारत सम्बन्ध, मुम्बईमा रहेका श्रमिक नेपालीहरुको अवस्था लगायतका विषयमा चासो राखनुभएको थियो ।
नेपाली पत्रकारहरुले उठाएको विषयमा उपमुख्यमन्त्री फडणवीसले सकारात्मक रुपमा लिएको छ।
भारत महाराष्ट्रका उपमुख्यमन्त्री तथा पुर्व मुख्यमन्त्री भारत महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले महाराष्ट्र धार्मिक केन्द्र पनि रहेकोे भनुहुदै जनकपुरधामको जानकि मन्दिर र काठमाडौको पशुपतिनाथ मन्दिर अवस्थित जनकपुरधाम र काठमाडौलाई आफू जोड्ने प्रयास गर्ने बताए ।
स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालको अगुवाईमा मुम्बई पुगेको नेपाली पत्रकारहरु संगको भेटघाटमा बिजेपीका पुर्व प्रदेश अध्यक्ष पनि रहिसकेका फडणवीसले १२ ज्योतिर्लिङ्ग मध्ये चार महाराष्ट्रमै रहेकाले महाराष्ट्र धार्मिक केन्द्र रहेकाले भारतको पहिलो अनन्य मित्र देश नेपालको पशुपतिनाथ र जनकपुरधामको सिधा सम्बन्ध बिस्तारका लागि आफु नेपाल छिट्टै पुगेर पहल गर्ने बताए ।
नेपाली पत्रकारहरुले भारतिय प्रधानमन्त्री तथा युपीका मुख्यमन्त्री राजर्षी राजा जनक र जगत जननी माता जानकीको भुमी जनकपुरधाम र पशुपतिनाथको भुमी काठमाडौ आउन किन एती ढिलाइ गर्नु भएको ? भनुहुदै नेपाल आउन गरेको आग्रहमा उनले यस्तो बताए।
उपमुख्यमन्त्री फडणवीसले नेपाल भारतको सम्बन्ध प्रगाढ रहेको बताए ।
उपमुख्यमन्त्री फडणवीसलेञभारत नेपालको सम्बन्ध कसैले चाहेर बिग्रनेवाला छैन ।झ नेपाली पत्रकारहरुले भारतको आर्थिक राजधानी मुम्बईका अगुवाका नाताले नेपालको आर्थिक उन्नती का लागि चलचित्र, गीत सङ्ग्गीत, खेल र युवा सदुपयोगको बिषयमा साझेदारी गरि नेपालको उन्नतिमा भुमिका लेखेर आर्थिक साझेदार बन्न आग्रह गर्नुभएको थियो
नेपाली टोलीलाई उनको सचिवालयमा उनका प्रचार प्रसार बिभागका निर्देशक राहुल तिर्केले स्वागत गरेका थिए । नेपाली टोलीका अगुवा अरविन्द मह्तोले पशुपतिनाथको टीका प्रसाद र रुद्राक्षको माला उपहार प्रदान गरेका थिए ।
नेपालका १६ पत्रकारको टोली भारत भ्रमणमा रहनुभएको छ ।
कमेन्ट गर्नुहोस्

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
7 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
7 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
7 दिन पहिले
होटल व्यवसायीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने प्..
नारायण घिमिरेमहोत्तरी, असार ८ गते । मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटेलको स्त..
9 दिन पहिले
संघीय निजामती सेवा विधेयकमा मधेशी समुदायको समावेशीताको..
प्रेमचन्द्र झा, काठमाडौं, असार ०३ गते । संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्या..
14 दिन पहिले

