+977 9854027065 | akulpdsah@gmail.com

कृष्णष्टमी गाउँगाउमा मनाईदै्

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1299 Views

कमल साह, जनकपुरधाम
जनकपुरधाम, भाद्र १५ गते । नखट् नन्दलाला श्री कृष्णको जन्मोत्सव यहाँ हर्षोल्लास पूर्वक मनाईदैछ । जनकपुरधाम उप महानगरपालिका वडा नं.– ४ स्थित राधाकृष्ण मंदिर, जानकी मन्दिर, राममन्दिर मा कृष्णाआष्टमी मनाईदैछ ।
मिथिलांचलका प्रमुख शहर धनुषा, महोत्तरी,सर्लाही,सप्तरी,महोत्तरी, मोरंग, सिरहा लगायतका जिल्लाहरुमा भव्यरुपमा जन्मोत्सव मनाईदैछ ।
यसैगरी श्री कृष्णको जन्मोत्सव यहाँका राम मन्दिर, जानकी मन्दिर,कृष्ण मन्दिर, श्याम मन्दिर,राधाकृष्ण मन्दिर लगायतमा सोमवार मध्यरातीमा मनाईएका छन् ।
जानकी मन्दिरमा भाद्र १४ गते देखि ६ दिनसम्म रामजानकीको युगल मुर्तिलाई हिडोलामा झुलाईने कार्य आरम्भ भएकोछ । अर्थात ६ दिनसम्म झुलनोत्सव मनाईदै छ ।
भनिन्छ– द्वापर युगमा भगवान राम नै कृष्णा अवतार लिनु भएको हो ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरद्वारा मंगलवार बिहान चैतन्य झाँकी तथा सुखमय संसारको उदय विषयक प्रवचन कार्यक्रमको आयोजना गरिएको छ । सो अवसरमा ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्माष्टमी पर्वले सम्पूर्ण प्राणीको हृदयमा धर्मको उदय गराउने कामना गरिएको छ ।
धर्मको नाउँमा हत्या गर्ने, राजनीति सिद्धान्तहिन हुने, आमा बाबुलाई शत्रु मान्ने, पत्नीलाई मित्रवत मान्ने, गाई विष्टा खाने, ब्राम्हणले तामसिक भोजन गर्ने कार्य हुंदै आएकोले मानव जीवन अशान्त बन्दै आएको विचारहरु पनि त्यहाँ प्रवच्चनमा उल्लेख भएको जगदिश भाई ले जनाएका छन । उहाँले पर चिन्ता नगरौं र शुभचिन्तन गरौं, हामी सबै मिलेर मात्र संसारमा एक भाषा एक धर्म र एक मत भए सुख शान्ति आउने विश्वास व्याक्त गर्नुभयो ।
द्वापर युगमा भाद्र कृष्ण अष्टमी तिथिमा कंशहरुको नाशको लागि अवतार हुनु भएको भगवान श्री कृष्णको जन्मोत्सव हरेक वर्ष धार्मिक परम्परा अनुसार मनाइने गरिन्छ ।
त्यसैगरी स्टेशन एरिया युवा कमिटीले विगत ५१ वर्षदेखि जनकपुर रेल्वे स्टेशन प्रांगणमा धार्मिक विधिपूर्वक श्रीकृष्ण जन्माष्टमी महोत्सव मनाइदै आएको जानकारी पूजा समितिले गराएको छ । उसैगरी गोपाल सेवा समितिद्वारा संचालित भगवान श्री कृष्ण मन्दिरमा सो महोत्सव विशेष रुपले मनाइएको छ । गोपाल सेवा समितिद्वारा निर्मित श्री कृष्ण मन्दिरमा भागवत कथा, प्रवचन, संकीर्तनको पनि आयोजना गरिएको छ ।
उसैगरी जिरोमाईलमा सो क्षेत्रका युवाहरुको सक्रियतामा श्री कृष्णाष्टमी मनाईदैछ । बेंगाशिवपुर,ठेरा कचुरी, तारापटी लगायतका गाउँहरुमा कृष्णष्टमी मनाईदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

4 दिन पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

6 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

1 महीना पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

1 महीना पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

2 महीना पहिले