+977 9854027065 | akulpdsah@gmail.com

गोविन्द जनोत्सव आजदेखि आरम्भ

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1302 Views

कमल साह, जनकपुरधाम
जनकपुरधाम, भाद्र १८ गते । श्री गोविन्द भगवानको जन्मोत्सव आज शुक्रबारदेखि बेला गाउँ लगायतका ठाउँमा आरम्भ भएको छ ।
जनकपुरधाम उप–महानगरपालिका–२३ बेला गाउँ स्थित दुधमति नदीको किनार (तट) मा अवस्थति श्री गाणिनाथ बाबा श्री गोविन्द भगवान मन्दिरमा जन्मोत्सव कार्यक्रम आरम्भ भएको छ ।
श्री गोविन्द भगवानको जन्मोत्सवको अवसरमा यहाँ श्री सीताराम अष्टयाम ( चौविस घण्टे रामधुन) सुरु भएको छ ।
श्री गोविन्द भगवानको जन्मोत्सवको शुरुआत अष्टयाम बाटै गरिएको छ ।
नखट् नन्दलाला श्री कृष्णको जन्मोत्सव पछिको पहिलो शनिवार गोविन्द भगवानको जन्मोत्सव मनाउने चलन उहिल्येदेखि चल्दै आएको हो । सो अनुसार आज पहिलो शुक्रबारदेखि श्री गोविन्द भगवानको जन्मोत्सव यहाँ आरम्भ भएको छ ।
धार्मिक मान्यता अनुसार श्री गोविन्द भगवान को जन्म कृष्णाष्टमी तिथि पछि पर्ने शनिवार भएको हो । त्यसैले श्री गोविन्द भगवान को जन्मोत्सव आज शुक्रबारबाट नेपाल र भारतका विभिन्न शहरहरुमा मनाईदै छन ।
श्री गोविन्द सेवा समितिका अध्यक्ष राघवेन्द्र साह ले एक सार्वजनिक अपिल गर्नुभएको छ । उहाँले गर्नुभएको अपिलमा कोरोना भाइरसको दोश्रो लहर जारी रहेको र संगै तेश्रो लहर आउने क्रममा रहेको ले संक्रमण फैल्न सक्ने भएको ले सामाजिक दुरी पालनगर्दै मास्क लगाएर मन्दिर भित्र प्रवेश गर्नको लागि सबै श्रद्धालु भक्तजनलाई आग्रह गर्नुभएका छन ।
नेपाल अधिराज्य मै सबभन्दा पहिला स्थापित श्री गणिनाथ श्री गोविन्द मन्दिर यहाँको रहेछ । यस मन्दिरमा वि.सं.२०३० सालदेखि श्री गोविन्द भगवान पुजनोत्सव मनाईदै आएको हो ।
यसैगरी मिथिलांचलका प्रमुख शहर जनकपुरधाम, राजबिराज, जलेश्वर, वारको कलैया, विराटनगर, सिरहाको बस्तिपुर, रौतहटको शिवनगर र सुन्दरपुर, राजधानी काठमाण्डौमा श्री गोविन्दजीे जन्मोत्सव मनाउने कार्य शुक्रबारबाट आरम्भ हुँदैछन ।
श्री गोविन्द जन्मोत्सव मनाउनु भन्दा एक दिन अघि अर्थात् शुक्रवार पुजारीले दिनभरी निराहर रहि राती (बिडी खसाउने) निम्तोगर्ने चलन रहेको छ । सो अवसरमा पुजारीले बाबा श्री गणिनाथ महाराज,माता श्री छेमासती, बाबा श्री गोविन्द महाराज लगायत १४ देवान संगै गाउँ रक्षक नगर डिहवार देउताको समेत आमन्त्रण गरिसकेपछि सो राती नून बिनाका परिकार खाने गरिन्छ । कतिपय ठाउँमा अरुवा चावलको भात,मुंग या चानाको दाल र लसुन प्याजबाहेक बनाएको तरकारी समेत खाने गरिन्छ । त्यसको भोलीपल्ट शनिवारका दिन निराहार रहेर पुजारीले श्री गोविन्दको पूजा ढारने गरिन्छ । श्री गोविन्दको जन्मोत्सव सफलतापूर्वक सम्पन्न गर्न उहाँका पिता श्री गणिनाथ महराज,आमा (क्षेमासती) खेमासती समेत १४ देवानलाई पूजा गरिन्छ । १४ देवानमा पर्नेहरुमा दुई दाई र भाउजु क्रमशः रामचन्द्र बाबा,बिजुली बहुरिया र श्रीधर बाबा र चतुरा बहुरिया, श्री गोविन्द जीको दुई बहिनी शिलमती र शोलमती तथा भतिजोहरुमा बौधा बाबा,साहेब बाबा, जगन्नाथ बाबा,चक्रपानी बाबा र नीलकंठ बाबा रहेका छन् ।
त्यसपछि श्री गोविन्द भगवान को अंगरक्षक लाल खाँ को भाग मन्दिर बाहिर दिने चलन रहेको छ । उहाँलाई भगवानलाई चढाएको प्रसादहरु ढकनीमा राखेर दिईन्छ भने संगै भांग पनि चढाईने गरिन्छ ।
श्री गणिनाथ जी श्री गोविन्द जी को निम्तो गर्ने दिन स्थानीय ग्राम देवताहरुमा नगर डिहवार, भैरव महराज, भुइयाँ, दुर्गा भवानी लगायतका देवतालाई समेत पूजामा सहभागी हुन तथा सफलतापूर्वक सम्पन्न पार्नको लागि आह्वान गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

2 महीना पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

2 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

4 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

4 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

4 महीना पहिले