+977 9854027065 | akulpdsah@gmail.com

बलभद्र पुजनोत्सव विभिन्न कार्यक्रम गरी मनाइयो

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1353 Views

कमल साह, जनकपुरधाम
जनकपुरधाम, भाद्र २७ गते । भगवान श्री बलभद्र पुजनोत्सव विभिन्न कार्यक्रमगरी हर्षाेल्लासका साथ मानइयो ।
व्याहुत कलवार समुदायको कुल देवता भगवान श्री बलभद्र को पुजनोत्सव अन्य वर्ष झै यस वर्षपनि हर्षाेल्लासका साथ मनाइएको हो ।
जनकपुरधाम वडा नम्बर ४ स्थित व्याहुत कलवार सेवा समिति द्वारा संचालित रामजानकी मन्दिरमा सप्ताह व्यापी कार्यक्रम गरी बलभद्र पुजनोत्सव मनाइएको छ ।
भगवान बलभद्रको जन्मोत्सव अवसरमा व्याहुत कलवार सेवा समितिले आज आईतवार विहान शोभा यात्रा निकालिएको छ । समितिको प्राङ्गनबाट निकालिएको शोभा यात्रा नगरको विभिन्न भागको परिक्रमा गरिएदै यहाँका ऐतिहासिक सरोवर गंगा सागरमा जल भरेर पूजा स्थलमामा पुर्याएको छ ।
व्याहुत कलवार सेवा समितिका अध्यक्ष शम्भु प्रसाद साहको अध्यक्षता तथा निरज विक्रम साहको संयोजकत्वमा निकालिएको शोत्रा यात्रा महावीर चोक, सुनारपट्टी, जानकी चौक, देवी चौक, मिल्सएरिया, भानु चौक, शिव चौक, जनक चौक, राम चौक, महावीर चौक हुदैं पुन व्याहुत सेवा समितिमा पुगेको छ ।

बलभद्र पुजा अवसरमा आयोजित सप्ताह व्यापारी कार्यक्रम अन्तर्गत चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो । त्यसमा प्रथम दोश्रो र तेश्रो हुनेलाई तथा सहभागी बालबालिकालाई प्रशंसापत्र सहित सम्मान गरिएकोे छ ।
चित्रकला प्रतियोगितामा अनामिका साह प्रथम, राजनन्दनी दोश्रो र अनामिका साह तृतिय भएका छन । प्राचीन कालदेखि नैं कृष्ण भगवानका दाई वलरामको अर्को स्वरुप नै बलभद्र भगवान हुन भनि मान्यता रहेको छ । व्याहुत कलवार समुदायले बलभद्र भगवानलाई कुल देवताको रुपमा उहिल्येदेखि मान्दै आएका हुन ।
अध्यक्ष शम्भू प्रसाद साहले बताउनु भए अनुसार बलभद्र भवगानलाई कुलदेवताको रुपमा विभिन्न समुदायका श्रद्धालुहरु पनि मान्दै आएका हुन ।
बलभद्र भगवानलाई बलरामको रुपमा पनि लिने गरेको बताउँदै उहाँले बललाई शक्ति र भद्रलाई अन्न मानिएको बताउनुभयो । उहाँले बलभद्र भगवानलाई भात, विशेष किसिमको दाल र पाँच थरीको तरकारीको भोग लगाउने प्रचलन रहेको जानकारी गराउनु भयो ।
गत सोमबारबाट आरम्भ भएको साप्ताह व्यपक कार्यक्रमका संयोजकहरुलाई समेत आज सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

2 महीना पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

2 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

4 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

4 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

4 महीना पहिले