+977 9854027065 | akulpdsah@gmail.com

विवाहपंचमी महोत्सवमा २२ जाडीको सामुहिक विवाह

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1127 Views

 

सुबोध कुमार राउत
जनकपुरधाम,मंसिर २२ गते । विश्व हिन्दु परिषद नेपालले यहाँ आयोजना गरेको सामूहिक विवाह कार्यक्रममा २२ जोडी युवा युवतिको विवाह भएको छ ।
रामजानकी विवाह महोत्सव (विवाह पञ्चमी)को अवसरमा विहिबार जानकी मन्दिर परिसरमा २२ जोडी दुल्हा दुल्हीको सामूहिक विवाह सम्पन्न भएको हो । सो सामूहिक आदर्श विवाहमा धनुषा लगायत अन्य जिल्लाका दुल्हा तथा दुल्हीले विवाह गरेका हुन् ।
विवाहको सम्पूर्ण खर्र्च विश्व हिन्दु परिषद द्वारा भएको धनुषा जिल्ला अध्यक्ष सन्तोष साहले बताउनुभयो । सामुहिक विवाहको लागि स्थानिय स्तरमा र बाहिरी सहयोग पनि आएको जनाएका छन ।
समाजमा व्याप्त रहेको दाईजो प्रथालाई निरुत्साहित गर्ने उद्देश्यले जानकी मन्दिरको आंगनमा सामूहिक आदर्श विवाहको लागि मण्डप बनाएर विहे गराइएको हो ।
त्रेता युगमा अयोध्याका राजकुमार श्री राम र जनक नन्दनी सीताको आदर्श विवाह भएको थियो । तर, अचेल दाइजो प्रथाले समाजमा व्याप्त विकृति, हत्याहिंसा, छोरीप्रति विभेद बढदै गएकोलाई न्युनिकरण संघले आदर्श विवाह गर्ने जोडीहरुलाई आफ्नै खर्चमा विवाह गराएको संघका अध्यक्ष संतोष साह बताउनु भयो ।
विवाह पंचमीको अवसरमा आएका साधु संतहरुलाई राम मंदिरमा संचालित गुठी कार्यालयले शुक्रबार विदाई गर्ने छन । महोत्सवमा थुप्रै साधुसंत यसवर्ष सहभागि भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 दिन पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

5 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

1 महीना पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

1 महीना पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

2 महीना पहिले