उखुको मूल्य चाँडो भन्दा चाँडो कायम गर्न नेकपा (एकीकृत समाजवादी) को माग
सन्जु कर्ण, सर्लाही,
सर्लाही, पुस २१ गते । उखुको मूल्य चाँडो भन्दा चाँडो कायम गर्न नेकपा (एकीकृत समाजवादी) सर्लाहीले माग गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै सर्लाही सहित देशका विभिन्न जिल्लाको प्रमुख नगदे वालिको रुपमा रहेको उखुको मुल्य कायम गर्न गरिएको वेवास्ता प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । वर्षको एक पटक विक्री गरेर वर्ष भरीको खर्च धान्नु पर्ने उखु किसानहरु अहिले समस्यामा छन । अझ साना किसानहरुलाई यसवाट ठुलो संकट परिरहेको छ ।
हरेक वर्ष झै यो वर्षमा पनि उखुको न्युनतम मूल्य समयमा नै तय गर्न सम्वन्धित पक्षहरु असफल भएका छन । नेपाल सरकार, चिनी उत्पादक उद्योग र उखु किसान नेताहरु यो विषयमा सम्वेदनशिल भएको पाईएको छैन । मुल्य तय गर्न राज्य गम्भिर नहुनु, सधै झै उद्योगीहरुले ढिलो उद्योग चलाउने स्वार्थ राख्नु र किसान नेताहरुले यस विषयमा प्रभावकारी रुपमा प्रस्तुत हुन नसक्नु अहिलेका कमजोरी हुन । राज्य र उद्योगीहरु संवेदनशिल नभए किसानहरुले दवावमुलक कार्यक्रम ल्याएर भए पनि छिटो भन्दा छिटो उखुको उचित मुल्य घोषणा गराउन पहल कदमी लिन ढिलो भईसकेको विज्ञप्तिमा उल्लेख गरिएकोछ ।
हामी तत्काल उखुको उचित मुल्य कायम गरि किसानलाई न्याय दिन जोडदार माग गर्दछौ । मूल्य तय नहुदै किसानले उखु काट्नु पर्ने वाध्यता श्रृजना हुनु आफैमा खेदजनक काम हो । सर्लाहीको दक्षिणी क्षेत्र सहित कतिपय स्थानमा अझ पनि उखुको पुरानो भुक्तानी हुन नसक्नुले राज्य र चिनी उद्योगीहरुको किसानमारा नीति स्पष्ट भएको छ । हामी किसानहरुको वाकी रकम तत्काल भुक्तानी गर्न पनि जोडदार माग गर्दछौ । साथै किसानको भुक्तानी नदिने उद्योगहरुको खाता र सम्पति रोक्का गर्न नेपाल सरकारले थालेको पहलको भने हामी स्वागत गर्दछौ नेकपा (एकीकृत समाजवादी) सर्लाहीका अध्यक्ष सुरेन्द्र लामा द्धारा हस्ताक्षरीत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कमेन्ट गर्नुहोस्
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
5 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
1 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 महीना पहिले
संवाददाता
संवाददाता
