+977 9854027065 | akulpdsah@gmail.com

श्री यादव मावि विद्यालयको ७० औ वार्षिकोत्सव सम्पन्न

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1146 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, पुस २८ गते । धनुषाको हँसपुर नगरपालिका बेल्ही स्थित यादव माध्यमिक विद्यालयको ७० औं वार्षिकोत्सव भव्यताका साथ मनाइएको छ ।
साइट नेपालका संयोजक अमित कुमार साहको अध्यक्षतामा भएको विद्यालयको वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि पूर्व त्रिभूवन विश्वविद्यालयका अध्यक्ष तथा पूर्व राजदूत प्रा.डा.महेन्द्र सिंहले जहानिया निरंकुश राण शासनको बेलामा यहाँका बुद्धिजीविहरुले विद्यालयमा जग्गादान र विद्यालयको स्थापना गरी शैक्षिक क्षेत्रमा दीप जलाउने कार्य गरेको बताएका छन् ।


उहाँले भन्नुभयो ‘शिक्षाबाट नै मानव जीवनमा उज्यालो ल्याउँछ । तर राणाशासनमा सबैलाई शिक्षा हासिन गर्न अधिकार दिएको थिएन । त्यस्तो बेलामा यहाँका बुद्धिजीवि यादवहरुले विद्यालयमा लगानी गरी यस क्षेत्रलाई नै शिक्षाको माध्यमबाट उज्यालो ग¥यो । उहाँप्रति हाम्रो नमन छ ।’

त्यस्तै हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले नगरपालिकाले पहिलो प्राथमिकता शिक्षालाई र दोस्रो कृषि र रोजगारीलाई दिएको बताएका छन् । उहाँले हँसपुर नगरपालिका कृषि क्षेत्रमा आधारित भएता पनि पहिला शिक्षा र त्यसपछि कृषि अन्तरगत सिंचाई र सडक निर्माण कार्यमा बजेट विनियोजन गरेको बताएका छन् ।


उहाँले भन्नुभयो, ‘विद्यालयको भवन निर्माण, शौचालय, खानेपानी तथा सबै समुदायका बालबालिकाहरुको शिक्षामा पहुँच बढाउन आफूले भरपूर प्रयास गरेका छौं । मानव जीवनलाई खुशहाल बनाउन शिक्षा नै मूलमन्त्र हो ।’
कार्यक्रममा दाता परिवारबाट कृष्णदेव प्रसाद यादव, तेजनारायण यादव, धनु यादव, प्रदीप यादव, लख नारायाण यादव सहितका व्यक्तिहरुले आफ्ना विचार राखेका छन् ।
वि.सं. २००७ सालको परिवर्तनपछि बेल्ही गाउँका अग्रज बौजन यादव, महावीर यादव, रामेश्वर यादव लगायत पाँचजनाले करीब पाँच विघा जग्गादान गरी वि.सं. २००८ सालमा विद्यालयको निर्माण गरेको थियो । त्यतिबेला यादव मिडल ई.स्कूल राखिएको थियो, पछि त्यसलाई यादव माध्यमिक विद्यालय बनाइएको जानकारी गराइएको छ । यस श्री यादव मावि विद्यालयको ७० औ वार्षिकोत्सव भब्यताको रुपमा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

2 महीना पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

2 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

4 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

4 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

4 महीना पहिले