समाजवादी प्रेस संगठनको सचिवालय विस्तार
कमल साह
जनकपुरधाम,माघ ९ गते । प्रगतिशील पत्रकारहरूको साझा संस्था समाजवादी प्रेस संगठन नेपालको सचिवालय विस्तार गरिएको छ ।
विस्तारित सचिवालयमा शम्भु श्रेष्ठ, विश्वमणि सुवेदी, प्रकाश खतिवडा, नरेन्द्र साउद, शान्तराम बिडारी, भवानी कार्की, नवराज छत्कुली, बुद्धवीर बाहिङ राई, भूपराज खड्का रहेका छन् ।
त्यसरी नै रामकुमार एलन, तेजप्रसाद वाग्ले, उर्मिला कुँवर, कृष्णराज गौतम, गोविन्दप्रसाद चौलागाईं र सुभाषप्रसाद साह गरी १५ जना सचिवालयमा रहेका छन् ।
सप्रेस नेपालले आगामी ७ फागुनमा हुने राष्ट्रिय भेलाका लागि विभिन्न समितिहरू पनि गठन गरेको छ ।
समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय भेला २०७८ फागुन ७ गते शनिबार काठमाडौँमा सम्पन्न गर्न तियारी समितिहरू गठन गरिएको छ ।
रामकुमार एलनको संयोजकत्वमा ध्रुव रायमाझी र सविन शर्मा सदस्य रहेको प्रतिनिधि व्यवस्थापन समिति गठन गरिएको छ भने विश्वमणि सुवेदी संयोजक तथा मधुकर लुइँटेल र आशिष गुरागाईं सदस्य रहेको आवास तथा भोजन व्यवस्थापन समिति, कृष्णराज गौतम संयोजक तथा नारायण पौडेल र उर्मिला कुँवर सदस्य रहेको आर्थिक व्यवस्थापन समिति, बुद्धवीर वाहिङ राई संयोजक तथा उत्तर बिष्ट र पूर्ण कार्की सदस्य रहेको मञ्च तथा हल व्यवस्थापन समिति गठन गरिएको छ ।
यसरी नै भवानी कार्की संयोजक तथा प्रेम गौतम र रमा खड्का सदस्य रहेको अतिथि व्यवस्थापन समिति, प्रकाश खथिवडा संयोजक तथा दिनेश कार्की र सौगात मिश्र सदस्य रहेको स्वयंसेवक व्यवस्थापन समिति, शान्तराम बिडारी संयोजक तथा लेखनाथ सिकारु र माधव पौडेल सदस्य रहेको स्वास्थ्य व्यवस्थापन समिति गठन गरिएको छ ।
कमेन्ट गर्नुहोस्
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
5 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
1 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 महीना पहिले
संवाददाता
संवाददाता
