+977 9854027065 | akulpdsah@gmail.com

जीवन उपयोगी सीप सिक्दै किशोर किशोरीहरु

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1729 Views

मिथिला जागरण समाचारदाता
सर्लाही, १८ माघ । किशोर किशोरीहरु भविष्यका कर्णधार मात्र होइनन् वर्तमानका साझेदार पनि हुन् भन्ने धारणा सहित किशोर किशोरीको समग्र विकासका लागि सर्लाहीको लालबन्दीमा १० दिने रुपान्तरण जीवन उपयोगी तथा आत्मरक्षा सिप मुलक तालिम बागमती सेवा समाजको आयोजना तथा वल्र्ड भिजन इन्टरनेशनलको सहयोगमा संचालन भइरहेको छ ।
तालिममा सर्लाही जिल्लाको पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकाका २० जना किशोर किशोरीहरुको सहभागिता रहेको छ । तालिममा रुपान्तरण तालिम सहजीकरण पुस्तिकाको माध्यमबाट सिकाउने र सिक्ने कार्य संचालन भइरहेको कुरा बागमती सेवा समाज नेपालका परियोजना संयोजक कुमार भण्डारीले बताए । तालिम पश्चात किशोर किशोरीहरुले आफ्नो स्थानीय स्तरमा रहेका जोखिम तथा सिमान्तकृत बालबालिकालाई प्रत्येक हप्ता एक एक वटा साथी सहजकर्ता बनी रुपान्तरण कक्षा संचालन गर्नेछन् । आगामी ६ महिनासम्ममा करिब २०० बालबालिकालाई साथी सहजकर्ताहरुले जीवन उपयोगी तथा आत्मरक्षाका सिपहरु सिकाउने कुरा समेत भण्डारीले जानकारी दिए ।
पर्सा गाउँपालिकाबाट तालिममा सहभागी पिंकी शर्माको विचारमा रुपान्तरण तालिमले आफ्नो जीवनमा परिवर्तन आएको छ । “विद्यालयमा गएर पढ्ने मान्छु रहेछु, त्यसैले परीक्षा पास गरेको थिएँ तर आज रुपान्तरण तालिममा आएपछि हरेक कुरा सिक्दैछु, अब जीवनमा पास हुन्छु ।” पिंकीले गर्वमा साथ भनिन् ।
यसैगरी पर्साकै अन्जु यादवलाई तालिमले साँच्चिकै रुपान्तरण गरेको महसुस भइरहेको छ । “तालिममा जाने कुरा हुँदा मेरा मनमा द्विविधा थियो, तालिमको पहिलो दिनसम्म बोल्ने आँट पनि थिएन ।” अन्जुले भनिन् । साँच्चिकै सातौ दिनसम्म आईपुग्दा अन्जुमा धेरै परिवर्तन आइसकेको छ । उनी तालिमका हरेक सत्रमा खुलेर छलफलमा सहभागी हुन्छिन् । “तालिम पश्चात समुदायमा समेत आफू जस्तै किशोर किशोरीहरुलाई सिकाउने आत्मविश्वास बढेर आएको छ ।” अन्जुले थपिन् ।
पर्सा गाउँपालिका र हरिपूर्वा नगरपालिकाको समन्वयमा माघ ११ गतेदेखि संचालन भइरहेको तालिमको सहजीकरण गल्र्स किक, काठमाण्डौंका निरज न्यौपाने र फुलकुमारी मगरले गरिरहनु भएको छ । तालिममा आत्मजागरण, किशोरावस्था, अधिकार र कर्तव्य, लैंगिक समानता, लैंगिक हिंसा, यौन तथा प्रजनन स्वास्थ्य आदि विषयमा छलफल भइरहेको कुरा प्रशिक्षक निरज न्यौपानेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 दिन पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

4 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

1 महीना पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

1 महीना पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

2 महीना पहिले