परिक्रमा आज जनकपुरधाम आई पुग्यो अन्तःगृह परिक्रमा शुक्रबार हुनेभएको ले होली शनिवार हुने
कमल साह
जनकपुुरधाम,चैत्र ४ गते । अन्तःगृह परिक्रमा आज शुक्रबार भएको ले यस क्षेत्रमा होली शनिवार आयोजना हुनेछ ।
यसपाली धनुषा जिल्लामा तीन दिनेसम्म चल्ने भएको छ । नेपाल सरकारले पहाडी क्षेत्रमा विहिवार होलीको सार्वजनिक विदा गरेको छ । त्यस अनुसार धनुषा जिल्लाको मिथिला नगरपालिकाको उत्तरी क्षेत्रका गाउँ चुरे चाँदनी,लोटा लगायतका गाउँमा विहिवार होली मनाइएका छन । त्यस्तै जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका वाहिरी गाउँसंगै तराईका अन्य जिल्लामा शुक्रबार होली मनाईदै छ ।
उसैगरी जनकपुरधाममा शुक्रबार अन्तःगृह परिक्रमा भईरहेको हुनाले होली शनिवार हुने भएको छ ।
मिथिलाविहारी र किशोरी जीको डोला संगै हजारौं नरनारी पाँचकोसी परिक्रमाको अन्तिम पडाव भारतको विसोलबाट विहिवार जनकपुरधाम आई पुगेको छ ।
जनकपुरधामबाट पाँच कोसमा माध्यमिक परिक्रमा भएको ले पँचकोसी परिक्रमा पनि भनिन्छन । कल्याणेश्वरबाट उठ्ने पन्द्र र पाँच दिने संगै २४ घण्टेसमेत तीन खाले परिक्रमा विहिवार जनकपुरधाम आई पुगेका छन ।
पँचायन परिक्रमा कल्याणेश्वरबाट उठेर पहिलो राती जलेश्वरमा दाश्रो राती क्षिरेश्वरनाथमा, तेश्रो राती धनुषाधाममा र चौथौ राती बहुअर्वामा विश्राम गरेका छन । उनीहरु पाँचौ राती जनकपुरधाम स्थित तिरहुतियागाछीमा विश्राम गर्छन ।
पँचायन परिक्रमामा सहभागी हुने श्रद्धालु भक्तजनहरु शुक्रबार अन्तःगृह परिक्रमा क्षेत्रमा रहेका धार्मिक सरोवरहरुको परिक्रमा गर्दै जल सेचन गर्नेछन ।
मिथिला माध्यमिक परिक्रमा नामबाट प्रचारित १५ दिने परिक्रमाको अन्तिम पडाव विशोल पुग्ने दिन २४ घन्टे (बोल बाम) परिक्रमा कल्याणेश्वरबाट आरम्भ हुने गर्दछन । बोलबाँम परिक्रमामा सहभागिहुने श्रद्धालुवर्ग विशोल पुगेर पुनः कल्याणेश्वर आई आफ्नो चिनो मिटाएर जनकपुरधाम आउँदैछन ।
बोलबाँम परिक्रमा र पँचायन परिक्रममा सहभागी हुनेहरु ऐतिहासिक स्थल तिरहुतिया गाछीमा राती बास वस्ने गरेका हुन्छ भने १५ दिने परिक्रमामा सहभागी हुने यात्री रंगभूमिमा या परिक्रमा क्षेत्रमा रहेका अफ्न्तको घरमा समेत वास बस्ने गरेका हुन्छन ।
नेपाल मात्र यस्तो देश रहेको जहाँ तराई, पहाड, हिमाल रहेको र यहाँका हरेक समुदाय होली, छठ, दशैँ जस्ता चाडपर्व मनाएर आपसी सदभाव तथा भाईचारा देखाईरहेक हुन्छन ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
2 महीना पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
2 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
4 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
4 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
4 महीना पहिले
संवाददाता
