+977 9854027065 | akulpdsah@gmail.com

हाम्रा बाउ पुर्खाले कालोपत्रे हिन्न पाएको भए भबिष्यहरु रुन्थेन

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1765 Views

राम पुकार, सिरहा
सिरहा, बैशाख २ गते । आज हामी रोडमा हिँडेका छौ । कालो पत्रे सडकमा पैदल देखि बाइक चार चक्के गाडी हिँडेका देख्छौं । आधुनिकरण्को साधनहरु देख्छौं । यति हुँदाहुँदै पनि शिक्षाको बिकास देखिएन । शिक्षामा परिवर्तन आएन ।हाम्रो मधेसी समाज ,समुदायको स्तर माथी उठ्न सकेन । हामी जहाँको त्यही हौं। हुनत मधेसी जस्तै देशको अरु समुदायहरुको अबस्था पनि त्यस्तै हो। खास गरि आज म हुलाकी रोडमा हिँडिरहदाको अनुभुती र यहाँ अबस्थित समुदायहरुको चित्रण गर्न खोजेको छु। यो हुलाकी सडक जो आज देखि पचासौं बर्ष पहिला नै बनिसक्नु पर्थ्यो। तर बनेन ।बनाएनन । किन बनेन ÷बनाएनन भन्दा यो हुलाकी सडकको दुबै छेउको पेटि र पेटि बाहिर मधेसी यादव समुदाय हरुको बाहुल्यता हो। सिरहाको सप्तरी देखि बागमती सम्म यो रोड सँग टाँसिएर करिब ९५% मधेसी यादव समुदायहरु नै छन। जो सँधै आफ्ना खेती किसानी गरि जिबिकोपार्जन गर्दै आइरहेको देखिन्छ।उनिहरु प्रायःगाई भैंसी ,बाख्रा आदि अन्य कृषिजन्य काम काज गर्ने गरिन्छन र देश बिकासमा पनि सहयोग गर्ने गर्छन। त्यसै आमदानी बाट राज्यको ढुकुटी पनि बलियो बनाउन सदैब सफल भएको छ। बलियो अर्थतन्त्र सहित राज्यलाई सबल पार्ने यी सडक पेटिका मधेसी समुदायहरु किन पछाडी पारिए। राज्य किन निरीह देखिए। राज्यको दृस्ठिकोणमा किन हेपिदै आए। पचास बर्ष पहिले बनिसक्नु पर्ने हुलाकी सडक अहिले पनि मेची देखि महाकाली सम्म पुर्ण रुपले बन्न सकेनन् ।कुरो बडो मार्मिक र बिचारनिय छ।बुझौं हामी एक चोटि तत्कालीन राज्य ब्यबस्थाको राज्यको कुदृस्टी।

राणा,राजाहरुको जहाँनिया शासन थियो। उनिहरु आफ्नो सुख बिलास बाहेक कसैको सुख बिलास देख्न चाहदैन थियो। उनी राणाहरु आफ्नो शाखा सन्तान इस्ट्मित्र, करकुटुम्ब,नातागोता बाहेको अरुको लागि त्यति शिक्षा, स्वस्थ्य, यातायातको सुबिधा दिदैन थियो । यसको कारण थियो कि देशको आम समान्य नागरिकको पहुँच सत्ता सँग नहोस। नागरिकहरु हरेक दिनचर्या तत्कालीन समयको शासकको पैरवी र गुनगानमा बितोस भन्ने सोच , मानसिकता । अर्थात नागरिकलाई गुलाम बनाइ आफ्नो आवश्यकता परिपुर्ति गर्ने साधनको रुपमा प्रयोग गर्ने दृस्टिकोण। छुवाछुत ब्यबस्थालाइ पनि राज्यले विभेद गरेर शासन गर्ने अंगको रुपमा नै अपनाएको थियो। यो एक देशको समान्य नागरिक माथी शोषण गर्ने नीति नै थियो उनीहरुको लागि।जुन नितिको तहत षड्यन्त्र र जनताको दोहन शोषण गरिन्थ्यो ।
त्यसै नीति अनुरुप तराइ मधेसको बिकास र यहाँको जनताको समृद्धि संग उनिहरु डराँथ्यो। उनिहरुले सोच्थ्यो। तराई मधेसमा शिक्षा स्वास्थ ,यातायात जस्ता बिकास भयो भने यहाँका मधेसी यादव जनताहरु, समान्य नागरिकहरुले सजिलो सत्ता मा दखल गर्न सक्छ।त्यसैले यिनिहरुलाइ यस किसिमको अधिकारहरु बाट नजर अन्दाज नै गरि नैसर्गिक ,मौलिक अधिकार बाट दुर नै राख्नु पर्छ भन्ने मानसिकतामा हरेक समय उनिहरु रहन्थ्यो। गलत नितिगत सोच थियो उनिहरुमा। यसैलाइ मजबुत साधन बनाई तराई मधेसको पुर्व झापा केचनाकल देखि पश्चिम् नेपालको कंचनपुरको दोधारा चाँदनीसम्म जोडने हुलाकी रोडलाइ नजर अन्दाज नै राख्यो तत्कालीन राणा राजाहरु। यो त्यो हुलाकी रोड हो जुन एक ठाउँ बाट अर्को ठाउँमा संचार सम्बाह गर्नु पर्थ्यो भने हुलाकहरुले यो सडक प्रयोग गर्थ्यो।यश रोड बाट छिटो छरितो कागज चिठी लिएर गन्तव्य पुग्न सजिलो हुन्थ्यो । त्यसैले यश रोडलाइ हुलाकी रोड भनिएको हो। जस्को बिकासमा अस्थिरताको कारण त्यस ठाउँको समुदायको बिकास गति लिन सकेन। शिक्षा ,स्वास्थ ,यातायात लगायत बिकासका कार्यहरू लथालिङ्ग नै रहयो। पछिल्लो समय देश समय काल, निरँकुश शासन शैली र सत्ता स्वार्थमा समर्पित राजनिती परिवर्तन सँगै देश र समुदायको बिकासमा पनि कोल्टो फेर्न थाल्यो। परिवर्तनको कोल्टो सँगै ब्यक्ति समुदतमा जागरुकता र चेतना हौशिदै गयो।हुलाकी सडकको सपना पुर्ण रुपले नभए पनि बाक्लै मात्रामा साकार हुँदै गएको देखिन्छ । पूर्व पश्चिम हुँदै तराईका वस्तीहरूमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्य लिएको हुलाकी राजमार्ग आ.व. २०६५÷६६ मा शुरु गर्ने र आ.व. २०७४÷७५ मा सम्पन्न गर्ने योजना थियो। यो प्रारम्भिक अनुमान सफल भएन । पछि संशोधन गर्यो । संशोधित कार्यतालिका अनुसार आ.व. २०७७÷७८ सम्ममा सम्पन्न गर्ने लक्ष्य लियो । यो सम्पन्न गर्ने लक्ष्य रहँदा रहँदै पनि हाल सम्म पुर्णता प्राप्त गरेको छैन।तर पनि धेरै मात्रामा बनी सकेर त्यहाँको समुदायको बिकासले अलि गति पाएको छ। शिक्षा स्वास्थमा परिवर्तन देखिएको छ। थोरै नै परिवर्तन भए पछी ब्यक्ति समुदाय क्षेत्रको बिकासमा गतिलो परिवर्तन झल्किदैँ गर्दा पचास बर्ष पहिलै यस्तो बिकास भएको भए आज समुदायको स्तरोन्नतिको बिकास कतिको फडको मारेको हुन्थ्यो ? रोड छेउछाउका कृषक यादव अन्य बासिन्दाहरु बताउँछन ।उनिहरु भन्छन,“मेरा बाउ पुर्खाहरुले कालोपत्रेमा हिन्न पाएको भए पचास बर्ष पहिला देखि शासन सत्तामा हुन्थे।उनी किसानका सन्तान हामी रुन्थेन बताउँछन।आजको बिकासमा पचास बर्ष पहिले सन्ततिहरु हुन्थ्यो कि ? बिकास ५० बर्ष अगाडि हुन्थ्यो कि? हुलाकी सडकले पुर्णता पाउँदै हामी पचास बर्ष पछाडि पारिएका मधेसी समुदायको बिकासमा पनि बिभेदी जंजिर पुर्ण रुपले खुलोस भन्छन उनिहरु । कूल १६६३ कि.मि.कालोपत्रे सडक हामी मधेसी समुदाकै लागि होइन देशकै अर्थतन्त्रको मजबुत साधन हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 दिन पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

3 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

1 महीना पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

1 महीना पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

2 महीना पहिले