+977 9854027065 | akulpdsah@gmail.com

सदगुरु, समाजवाद र प्रचण्ड

1 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

645 Views

एउटा प्रसंगमा नेपाल कम्युनिष्ट पार्टिका अध्यक्ष तथा वर्तमान सरकारका प्रधानमन्त्री पुष्पमकमल दाहालले खाली समयमा वहाले गर्ने बिभिन्न कृयाकलापमध्ये सदगुरुको भिडियो पनि हेर्ने÷सुन्ने कुरा व्यक्त गर्नुभयो। दर्शकदीर्घामा हाँसोको फोहरा छुटेपछि दाहालले प्रष्टपार्दै भन्नुभयो सदगुरु भौतिकवादी हुनुहुन्छ। कम्युनिष्टहरुको परिभाषामा भौतिकवादी भन्नाले धर्ममा विश्वास नगर्ने र अलौकिक शक्तिमा विश्वास नगर्ने भन्ने बुझिन्छ। उनीहरु भन्छन् सम्पूर्ण धर्महरु मानिसलाई विभाजन गर्न बनेका अनुदार साङ्लोहरु हुन्। सदगुरु महादेवका भक्त हुन्। केही मन्दिरहरुमा दैविक शक्तिको बिशेष बास रहने भएकोले रजश्वला भएका भएका महिला त्यस्ता मन्दिरमा प्रबेश गर्न नहुने धारणा खुलेआम व्यक्त गर्दछन्। हुन त भौतिकवादलाई परिभाषित गर्ने अर्को कोण हुनसक्ला(भौतिक वस्तु उपभोग गर्ने, दरवारजस्तो हातिसारमा निर्माण भएको आश्रममा बस्ने, महंगो गाडी चढ्ने, आफूसँग हिड्न र तस्वीर खिचाउन चाहने अनुयायीसँग मोटो रकम असुल्ने भएको उनी भौतिकवादी भएका हुन त! पुष्पकमलको चेतनाले त्यो पक्कै भनेन् होला। कम्युनिष्ट भएको नाताले पुष्पकमल दाहालले मुलत् केही सिद्धान्तलाई गायत्रीमन्त्रको रुपमा लिनुपर्ने हो( पहिलो समाज वर्गिय छ र वर्गिय समाजमा उत्पिडक र उत्पिडित बीच वर्गसंघर्ष हुन्छ। निरन्तर वर्गसंघर्षबाट मात्र समाज परिवर्तन हुन्छ। त्यसैले त कार्ल माक्र्स भन्छन् मानव सभ्यताको अहिलेसम्मको ईतिहास वर्गसंघर्षको ईतिहास हो। दोश्रो सम्पूर्ण विभेदको मूल कारण निजि सम्पति हो यसको बदलामा सामुदायिक सम्पति कायम नरहेसम्म जातिय, लैङ्गिक, वर्गिय र धार्मिक विभेदको अन्त्य हुदैन। तेस्रो धर्म भनेको नशा हो र यसले मानव मस्तिष्कमा बिषमात्र भर्छ र अर्को मुख्य सिद्धान्त चाहि राज्य संस्थाको सुधार परिवर्तबाट हँुदैन, ध्वसबातमात्र परिवर्तनको संम्भब छ। उल्लेखित शैद्धान्तिक आधारहरु पंक्तिकारको कपोकल्पित आधार हैनन् यी त कम्युनिष्तहरुको कुलदेवता कार्ल माक्र्सले व्यक्त गरेका धारणा हुन्। यी कसिमा जोखेर हेर्ने हो भने पुष्पकपलले सदगुरुलाई कसरी भौतिकवादी देखे होलान्!
नेपालको संविधान२०७२ को प्रस्तावनामा नेपाल समाजवादतर्फ उन्मुख रहने भनिएको छ। देशमा यतिखेर दुईथरीका समाजवादीहरु देखिएका छन्। एकातिर बैज्ञानिक समाजवादी छन् भने अर्कोतर्फ प्रजातान्त्रिक समाजवादी। यी दुवैको विचारधाराको एकता र सौहार्दताबाटमात्र समाजवादी व्यबस्था सम्भव छ भन्नेमा पंक्तिकारको विश्वारस छ। तर कम्युनिष्टहरुका अनुुसार शोषित र शाषित वर्ग मिलेर समाजवादी व्यबस्था ल्याउन सम्भव छैन। त्यसरी ल्याइएको समाजवाद त पुजीँपतिको समाजवाद हुन्छ। यो विवाद अहिलेमात्र देखापरेको हैन्। सन् १८७३ मा लेखिएको कम्युनिष्ट पार्टीको घोषणा पत्र लेखिदा पनि यही विवादको कारण समाजवादीको घोषणा पत्रको साटो कम्युनिष्टको घोषणापत्र लेखिएको बताउछन् आहुती। उनीहरु भन्छन् श्रमिक र शोषित वर्गहरुले शासकहरु विरुद्ध लडाई गरेर विजय हासिल गरेपछि मात्र समाजवादी व्यबस्था सम्भव छ। यसभन्दा फरक तरिकाले सोच्नेहरु समाजवादी नभइ संसोधनवादी हुन्। यस अर्थमा माक्र्स स्वयम्भन्दा बाहेक अरु सबै संसोधनवादी हुन्।
हाल नेपालमा देखापरेका अधिकांश समाजवादीहरु पैसा र पावरको भरमा समाजलाई आफ्नो निजी सम्पत्ति जसरी नियन्त्रित गर्न र उपयोग गर्न लालायित छन्।सहकारीदेखि बैंकसम्म र जमिनदेखि उद्योगसम्म त्यस्तै तथाकथित समाजवादीको नियन्त्रणमा रहेका छन्। समाजमा रहेका विभिन्न संस्कारहरुलाई बोझिलो र भड्किलो बनाउन कम्युनिष्टहरु नै कम्मर कसेर लागेका पाइन्छ। भूमण्डलीकृत पुँजी वा विकृत पुजीवादको चर्को विरोध गर्नेहरु नै यसको मलजल गरिरहेका छन्। घटनाक्रम र तथ्यले के देखाउछ भने ( समाजवादी वैचारिकीको क्लाइमेक्समा पुगेर स्खलन भएपछि व्यक्ति समाजलाई काम नलाग्ने बन्दोरहेछ। जस्तो की सोभियत संघको पतनपछि रोमानियाको शासक चाउचेस्कीकी श्रीमतिका दुईसय जोर जुत्ता थियो र उनीहरुको शौचालयमै पनि सुन जोडिएको तथ्यहरु सुनिदै आएका छन्। त्यो तहको चेतनामा पुगेका व्यक्तिको कसरी यस्तो, स्खलन हुन सक्छ, समाजवादीहरुले यसको जवाफ खोज्नु आबश्यक छ। यस अर्थमा पनि सदगुरु भौतिकवादी कहलिएका हुन त!
विभिन्न ऐतिहासिक घटनाक्रम, सत्ताको गठजोड, कम्युनिष्टहरुमा देखिएको सत्तालिप्सा र छाडा बजारको शक्ति झनझन बढ्दै जानु, कम्युनिष्ट भनिएकैहरु पनि भूमण्डलिकृत पुँजीवादको भाँसमा फस्नु आदि कारणबाट पनि यो प्रश्नको उत्तर जटिल बन्दैछ। विश्वमा एक नम्वरी बनिया बन्न्ने होडमा चिनले आफ्नो बजारको शक्ति विस्तार गर्न थालेपछि त झन समाजवादलाई बुझ्न चुनौति थपिएको छ। त्यसैगरी नै नेपालमा पनि वर्तमान बजारशास्त्रलाई नवउदारवाद भनेर गाली गरिए पनि कम्युनिष्टहरु त्यसैको पक्षपोषक हुन कम्मर कसेर लागिपरेका छन्। आज शिक्षा, स्वास्थ्य, बैंकिङ जस्ला क्षेत्रमा लगानी गरेर नाफा कमाउन लागिपर्ने मध्ये अधिकांश समाजवादका वकिलहरु छन्। समाजवादी क्रान्तिको अगुवा गूहमन्त्री भएकै मिटरव्याजले आक्रान्त बनेका पिडितहरुको आन्दोलनमा लाठीचार्ज हुँदा पिडितहरुको टाउको फुटेको छ। भौतिकवादी हुँ भन्नेहरु नै एकादशीमा निराहार बर्त बसिरहेका छन्। देशमा यति धेरै कम्युनिष्ट जन्मदेखि मृत्युसम्मको संस्कार झनझन भड्किलो भइरहेछ किन?
यतिबेला कम्युनिष्ट पार्टिका नेता प्रधानमन्त्रि छन्। देश भ्रष्टाचारमा डुबेको छ, बाटोघाटो अबस्था नाजुक छ, अर्थतन्त्र चौपट हुँदैछ(बहस त्यता हुनुपर्ने हो तर नेताहरु कसलाई राष्टूपति बनाउने, मन्त्रि कसलाई बनाउने भन्ने बिषयमा बहस हुँदा हाम्रो महत्वपूर्ण समय खेर गएको जगजाहेर नै छ। उद्योगपति दिनदिनै अर्बौको आय गर्ने श्रमिक र किसान ऋणको भार थाम्न नसकेर आत्महत्या गर्नुपर्ने कस्तो समाजवाद तर्फ उन्मुख छौ हामी? सुधारवादी र परिवर्तनकारी दुबै मिलेर यो सवालको जवाफ खोज्न ढिलो गर्नु हुन्न। समाजमा हुने जातिय, लैंङ्गिक, वर्गिय आदि तमाम विभेदको अन्त्य गर्ने विधि र पद्धति बसाल्न र यसको लागि आवश्यक नीति र रणनीतिको खोजि नभएसम्म सम्पूर्ण मानव समुदाय खुसीले बाँच्न सक्ने व्यबस्था आउन सक्दैन। न त १८ औं सताब्दीमा प्रार्दुभाव भएको सिद्धान्त दुनिँयामा सफल भएको छ न त भूमण्डलीकृत पुँजीवादले मनुष्यलाई खुसी बनाउन सकेको छ।
माक्र्स भन्छन सामाजिक, सामुहिक स्वामित्वको अस्तित्व केवल त्यहीँमात्र हुन्छ, जहाँ श्रमका साधनहरु र श्रमको लागि आवश्यक वाह्य परिस्थिति मानिसहरुको निजी सम्पत्ति बनेका हुन्छ। बढि मोल पर्ने श्रमले कम मोल पर्ने बस्तु र कम मोल पर्ने श्रमले बढी मोल पर्ने बस्तु उत्पादन कसरी भइरहेका छन्।
अब प्रजातान्त्रिक समाजवाद कि बैज्ञानिक समाजवाद भन्नेमा बहस गरेर समय खेर फाल्नु हँुदैन। दुबै मिलेर नेपाली माटो सुहाउँदो समाजवादको लागि विचारधारको एकता र सौहार्दता कायम गर्नु जरुरी छ। नेपालको विविधता र बिशेषता बाहिरबाट आएको वादले सम्बोधन हुन सक्दैन यसको आफ्नो बेग्लै सैद्धान्तिक धरातल खोज्नु जरुरी छ । समाजवादीहरुले विकासको केन्द्रमा श्रम र उत्पादन रहनुपर्ने हो तर हाम्रो विकासको मोडल वासिङटन डिसिबाट प्रभावित छ। उत्तर निशाना लगाएर दक्षिण हिडेजस्तो। एक गाउँ एक उत्पादन, त्यस उत्पादनको प्रदेश र केन्द्रसम्म बजारको विस्तार गर्न सकिने हो भने उत्पादन बढ्ने, उत्पादनमा लाग्ने श्रमिकको संख्या बढ्ने, रोजगारी बढाएर आयात घटाउन सकिने थियो। जबसम्म बहस श्रम र उत्पादनमा जोडिदैन तबसम्म समाजवादी व्यबस्था बौद्धिक विलासभन्दा केही हुँदैन, मात्र हावा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

ए.स.कर्मचारी संगठनमधेश प्रदेश द्धारा अध्यक्ष एवं पूर्व प..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, जेष्ठ ८ गते । ए.स.कर्मचारी संगठन मधेश प्रदेशको कार्य समितिको महासचिब सुरेश कुम..

10 घन्टा पहिले

कविता ः रक्सि मानिसको के हो ?

          कविता ः रक्सि मानिसको के हो ?   रक्सि जीवन विगार्ने पेय हो ।पिए पछि भन्ने जय हो ।। स्वास्नीको सिन्द..

20 घन्टा पहिले

श्याम बाबा लगायतका मूर्ति निर्माण गर्न देवशिला अब राजस्..

कमल साह जनकपुरधाम,जेष्ठ ७ गते । श्री श्याम बाबालगायतका भगवानको मूर्ति बनाउन बागलुंगबाट ल्याईएको देवशिलालाई अब र..

3 दिन पहिले

संघीयता स्थापना पश्चात् मधेशको विकास अनुसन्धान गर्न सम..

कमल साहजनकपुरधाम, जेष्ठ ७ गते । मुलुकमा संघीयता स्थापना भए पश्चात् मधेशको विकास हेर्न बुझन एवं अध्ययन गर्नका लाग..

3 दिन पहिले

चुरे दोहन रोक्न काठमाण्डौको पद यात्रा

कमल साह, धनुषाजनकपुरधाम ,जेष्ठ ७ गते । चुरे जलाधर क्षेत्र तराई मधेशको प्राणवायु हो भन्दै चुरे बचाउ अभियानीहरु संघ..

3 दिन पहिले