महिनावारी स्वच्छता सम्बन्धी अभियानमा किशोरीहरु सक्रिय
सन्जु कर्ण, सर्लाही,
सर्लाही, जेष्ठ २५ गते । किशोरीहरुलाई महिनावारी स्वास्थ्य र सरसफाई बारे संवेदनशील बनाउन जिल्लाको दक्षिण पूर्वी पालिकाहरु हरिपूर्वा नगरपालिका र पर्सा गाउँ पालिकामा महिनावारी स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको हो ।
बागमती सेवा समाजका स्पोन्सरसीप क्वालिटी नियत्रण अधिकृत रंजना श्रेष्ठ भन्छिन्, ‘महिनावारी जीवनको एक सामान्य प्रक्रिया हो तर अझ सम्म पनि समुदायमा महिनावारी स्वच्छता सम्बन्धी अभ्यासमा किशोरी तथा महिलाहरुले धेरै किसिमका अवरोधहरु सामना गर्दै आएका छन् ।’ अधिकृत श्रेष्ठ जोडछिन् ‘किशोरीकिशोरीको यौन स्वास्थ्य सम्बन्धी शिक्षामा प्रजनन् स्वास्थ्य वा मासिक महिनावारी स्वास्थ्यमा निरन्तर पहुँच छैन भएका शिक्षकहरु पनि यस विषय सम्बन्धी खुलेर छलफल गर्न धक मान्छन् भने विद्याथीहरु पनि शिक्षकहरुसँग लाज मान्ने गर्छन साथै अभिभावकहरुले पनि जानेका कुरा तथा अनुभवहरु आफ्ना बालबालिकासँग छलफल गर्ने अभ्यास निकै नै कम छ जसले गर्दा कति बेला के नगर्ने,के गर्ने भन्ने कार्य गर्न नजान्दा किशोर किशोरीहरुले विभिन्न किसिमका शारीरिक तथा मानसिक तनाव झेल्नु परेको छ ।
महिनावारी स्वच्छता सम्बन्धी २० जना किशोरीहरुलाई तीन दिनको तालिम दिएका छौं र उनीहरुले विद्यालयमा अध्ययनरत तथा अन्य किशोरी, महिलाहरुलाई महिनावारी स्वच्छता सम्बन्धी अभिमुखीकरण थालेका छन् । जसबाट किशोरीहरुले व्यक्तिगत सरसफाई अध्यास बारे थाहा पाउनेछन्, महिनावारी स्वास्थ्य व्यवस्थापन सीप वृद्धि हुन तथा यस सम्बन्धी विभिन्न शारीकि रोग लाग्न बाट जोगिनु, एवम् किशोरीहरुको मनोसामाजिक सु–स्वास्थ्यमा प्रवद्र्धन गर्दै उनीहरुको दैनिकीमा सहयोग पुग्ने बागमती सेवा समाजका परियोजना संयोजक प्रमेश बादेले जानकारी दिए ।
बालस्पोन्सरसीप परियोजना अन्तर्गत बागमती सेवा समाज नेपालले वल्ड भिजिन ईन्टरनेशनलको साझेदारीमा महिनाबारी स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो । कम्तीमा पनि २ साता सम्म चल्लने कार्यक्रममा वडा, विद्यालय, क्लब, आमा समुह लगायत समुदायमा आधारित अन्य संघ संंस्थाहरुसँग समन्वय र सहकार्य गर्दै कार्यक्रमले हरिपूर्वा र पर्सा दुवै पालिकाका ३२ सय किशोरी तथा महिलाहरुलाई समेट्ने योजना रहेको संयोजक बादेले बताए ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
2 महीना पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
2 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
4 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
4 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
4 महीना पहिले
संवाददाता
