पत्रकारको हकहितको लागि हाम्रो सरकार कदापी पछाडी नहटने– गृह तथा संचार मंत्री साह
मिथिला जागरण समाचारदाता
जनकपुरधाम, जेष्ठ २७ गते । मधेश प्रदेशका गृह तथा संचार मंत्री भरत साह ले पत्रकारको हकहितको लागि हाम्रो सरकार कदापी पछाडी नहटने बताउनु भयो ।
मिडिया काउन्सिलद्वारा आयोजित पत्रकार तथा संचार माध्यम अचार संहिता सार्वजनिक कार्यक्रममा मंत्री साह ले उक्त बिचार राख्दै अचार संहितामा सरोकारबालाहरुको हस्ताक्षर भई सार्वजनिक भएको ले सबैजना आ–आफ्नो ठाउँबाट यो नैतिक बन्धन पालना गर्ने भनि विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला समन्वय समिति धनुषाको सभाकक्षमा विहिवार आयोजित समारोहलाई सम्बोधन गर्दै मंत्री भरत साह ले भन्नुभयो,‘ मधेश प्रदेशमा शान्ति सुरक्षादेखि किसानका समस्याहरु तथा वन विनाश,चुरे उजार बारेमा समाचार लेखेर नागरिकलाई सु–सुचित गर्ने संचारकर्मी र संचार माध्यमहरुलाई हामी प्रोत्साहित गर्न अग्रसर हुँदै आएको हो ।’
उहाँले व्यवस्था बदलिदा अनेक प्रकारको चढाव उतार आउने गरेको संसारको इतिहास रहेको बताउँदै मधेश सरकार प्रति तपाईहरु आशावादी भई कलम बढाउँदै रहन अह्वान गर्नुभयो ।
मंत्री साह ले संचारको लागि छुट्टयाएको रकम आर्थिक वर्ष नाघिएपनि फ्रिज नहुनेगरी राखिएको ले निर्भिक रहन बताउनु भयो ।
मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराईको अध्यक्षतामा सो कार्यक्रम आरम्भ भएकोे छ । उहाँले अचार संहितालाई संचारकर्मीदेखि संचार माध्यमहरुले मान्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा आम संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव ले लोककल्यानकारी विज्ञापन यसै आर्थिक वर्षबाट वितरण हुने बताउनु भयो । उहाँले ऐन नियमावलीको अभावका कारण सो कार्य अगाडी बढाउनमा जटिलता आएको हो बताउँदै ती सबै कठिनाईहरुलाई हामी चिर्र्दै अगाडी बढदै आएको बताउनु भयो ।
प्रेस प्रतिनिधी प्रमाण पत्र वितरण तथा नविकरण आउँदौ साउन महिनाबाट हुने जानकारी गराउँदै अध्यक्ष यादव ले अगामी दिनमा विट पत्रकारीता,कृषि पत्रकारीतालाई अगाडी बढाउनको लागि तालिमको व्यवस्था गर्ने छौं भनि थप्नुभयो ।
पत्रकारिताको विकासका लागि तलिम,भ्रमण तथा अनुगमण कार्यक्रमहरु समेत अगामी दिनमा ल्याउने उहाँले विचार राख्नु भयोे ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका सभापति रामदेव बनरैत,वरिष्ठ पत्रकार विएम खनाल, चलचित्र बोर्डका अध्यक्ष अशोक दत्त,नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सभापति राजेश कर्ण, धनुषाका उपसभापति अवधेश कामत, शैलेन्द्र झा, मुनेश्वर यादव, अनुप तिवारी लगायतका वक्ताहरुले पत्रकार अचार संहिता पालना गर्दै राष्ट्र र समाजको लागि कलम चलाउंदै रहने बताउनु भयो ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
2 महीना पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
2 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
4 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
4 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
4 महीना पहिले
संवाददाता
