+977 9854027065 | akulpdsah@gmail.com

मोनाष्टिक विद्यालयमा प्रि–स्कूल दिक्षान्त समारोह सम्पन्न

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1710 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, असार १६ गते । जनकपुरधाम का सबभन्दा पुरानो ख्यातिप्राप्त तथा शिक्षामा बढीजोड दिने मोनाष्टिक आवासिय माध्यमिक विद्यालयको प्रिस्कूल दिक्षान्त समारोह भव्यताका साथ सम्पन्न भएको छ ।
समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले नगरभित्रका शैक्षिक संस्थाहरुलाई अझ बढी प्रभावकारी बनाउनु पर्ने महशुस आफूले गरेको बताए ।
साहले विद्यार्थीलाई उच्चस्तरीय शिक्षा प्रदान गर्न चाहिने आवश्यक सहयोग मोनाष्टिकले गरिरहेको कार्य सराहनीय रहेको भन्दै प्रशंसा गरेका थिए ।
साहले गुणस्तरीय शिक्षामा संस्थागत विद्यालयहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले संस्थागत विद्यालय र सामुदायिक विद्यालयबीच विभेद गर्न नहुने पनि बताए । नगरप्रमुख साहले बालबालिकाहरुलाई प्रमाण–पत्रसमेत प्रदान गरेका थिए ।


समारोहमा विद्यालयका प्रबन्ध निर्देशक डा. सोनु साहले बालबालिकाको सर्वाङिग विकासलाई ध्यानमा राखी शिक्षा दिनुपर्ने आजको आवश्यकता रहेको बताएका थिए ।
समारोहमा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थीलगायतको उपस्थिति थियो । यूकेजीबाट कक्षा १ मा प्रवेश गरेका प्रिस्कूलका २ सय २० बालबालिकाको सहभागिता रहेको दीक्षान्त समारोहमा बालबालिकाहरूले विभिन्न नाचगान तथा बिभिन्न प्रकारका प्रस्तुतिहरू दिएका थिए । सो दीक्षान्त समारोहमा सबै बालबालिकाहरुका अभिभावकसमेत उपस्थिती रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

29 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

2 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

3 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

4 महीना पहिले