सबैलाबासीलाई अप्पन डेण्टलद्वारा निःशुल्क दन्त उपचार
कमल साह
जनकपुरधाम, साउन १० गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा संचालित अप्पन डेन्टल चेम्बर्सले धनुषाको सबैला नगरपालिकाका नागरिकहरू लाई निःशुल्क दांत उपचार गर्ने कार्य आरम्भ गरिसकेको छ ।
रामसती देवी असर्फी साह सेवा प्रतिष्ठानको आयोजनामा अप्पन डेन्टल चेम्बर्सले सबैलाका मतदाताहरू लाई दन्त परिक्षण÷दांत निकाल्ने र अस्थायी दांत हाल्नेसम्मका सेवा निःशुल्क दिने साउन १ गते दुईपक्षिय सम्झौता सम्पन्न भएको थियो ।
सो सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट मेयर कारीराम यादव र उपमेयर रामसती देवी असर्फी साह सेवा प्रतिष्ठानको तर्फबाट डा. अजय यादवले हस्ताक्षर गरेका छन ।
दुवै पक्षबीच सरकारी सार्वजनिक विदा बाहेक चार वर्षसम्म दन्त परिक्षण÷दांत निकाल्ने देखि ज्येष्ट नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिलाई निःशुल्क अस्थाई दांत राख्ने सहितका सेवा अप्पण चेम्बर्सद्वारा दिइने सम्झौता भएको डा. अजय शाहले जानकारी गराउनु भयो ।
अप्पण चेम्बर्सले यसअघि धनुषा, महोत्तरी, सिरहा र सर्लाही जिल्लाका स्थानीय जनतालाई निःशुल्क स्वास्थ्य शिविर मार्फत सेवा पु¥याउंदै आएका छन भने प्रतिष्ठानद्वारा एम्बुलेन्स सेवा समेत प्रदान गरिदै आएको छ ।
कमेन्ट गर्नुहोस्
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
5 दिन पहिले
रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..
भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..
7 दिन पहिले
जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
4 महीना पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
4 महीना पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
5 महीना पहिले
