+977 9854027065 | akulpdsah@gmail.com

समाजवादी प्रेस संगठन धनुषाको अध्यक्षमा अकुल साह

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1021 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, असार २३ गते । समाजवादी प्रेस संगठन नेपाल धनुषा शाखाको अध्यक्ष पदमा सर्वसम्मतिबाट अकुल प्रसाद साहलाई चयन गरिएको छ ।
संगठनको आईतवार भएको पहिलो अधिवेशनबाट साहलाई सर्वसम्मतिबाट चयन गरिएको हो ।
त्यस्तै संगठनको उपाध्यक्षमा दिलिप दास, महिला उपा–अध्यक्ष लक्षमी साह, कोषाध्यक्षमा दिनेश साह सचिवमा भोला यादव, सहसचिवमा विवेक कुमार मण्डललाई चयन गरिएको छ । त्यसैगरी सदस्यमा जितेन्द्र कुमार पाल र शनि मण्डल रहेको जनाइएको छ ।
त्यसैगरी प्रदेश प्रतिनिधिमा १० जना सर्वसम्मतिबाट चयन गरिएको हो । त्यसतैगरी केन्द्रीय प्रतिनिधिमा ५ जना सर्वसम्मतिबाट चयन गरिएको हो । कार्यक्रमको उद्घाटन सत्रमा मधेश प्रदेशका पर्यटन मन्त्री शत्रुधन महतोले वर्तमान अवस्थामा राजनीतिक क्षेत्र लगायत अन्य क्षेत्र पनि अस्तव्यस्त रहेको छ, तर पत्रकारिता क्षेत्रलाई अस्तव्यस्त हुनबाट बचाउन आग्रह गरेका छन् ।
मन्त्री महतोले पत्रकारिता क्षेत्र मर्यादित हुन नसकेमा राजनीति क्षेत्र बर्बाद हुन्छ, राजनीतिक क्षेत्र बर्बाद भएमा मुलुक नै बर्बादित तर्फ जाने बताएका छन् ।
उनले सत्यतथ्य समाचार लेख्नका लागि सबैसँग आग्रह समेत गरेका छन् ।
संंगठनका धनुषा अध्यक्ष रुपेश सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रिय उपाध्यक्ष प्रकाश खतिवडा, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह, पार्टीका धनुषा अध्यक्ष रामचन्द्र पण्डित सहितले आफ्ना विचार राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

2 महीना पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

2 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

4 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

4 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

4 महीना पहिले