सन्त शिरोमणी तुलसी दासको पुन्यतिथीमा कवि गोष्ठी
कमल साह
जनकपुरधाम, साउन २४ गते । शन्त शिरोमणि तुलसी दास को पुण्य तिथीको अवसरमा नेपाल हिन्दी प्रतिष्ठान जनकपुरधामले कविगोष्ठी आयोजना गरेको छ ।
रामायणको रचनाकार सन्त शिरोमणि तुलसी दासको निधन सन् १६२३ जुलाई ३१ मा भएको थियो ।
सो पुण्य तिथीको अवसर पारेर नेपाल हिन्दी प्रतिष्ठानका अध्यक्ष, वरिष्ठ पत्रकार एवं प्रेस प्रजातन्त्र सेनानी राजेश्वर नेपालीको अध्यक्षतामा आयोजित कवि गोष्ठीमा विभिन्न श्रष्टहरुले संत शिरोमणी तुलसी दासको जीवन संग जोडिएर कविता वाचन गर्नु भएका छन ।
वरिष्ठ अधिवक्ता युगलकिशोर लालको प्रमुख आतिथ्यमा आयोजित कवि गोष्ठीमा प्रतिष्ठानका उपाध्यक्ष एवं पूर्व प्राध्यापक डा. आशा सिन्हा,महासचिव राम स्वार्थ ठाकुर गान्धी ,सचिव चन्द्रशेखर राय चमन,साहित्यकारहरु क्रमशः महेश्वर राय,मनोज प्रमेश,अजय झा लगायतले कविता वाचन गर्नुभयो ।
तुलसी कृत रामायणको रचियता गोस्वामी तुलसी दास को जन्म सन् १५३२ अगस्त १३ मा भारतको उत्तर प्रदेश राज्य अन्तर्गत सोरोन अर्थात राजापुरमा भएको थियो । उहाँको मृृत्यु सन् १६२३ जुलाई ३१ को वनारस स्थित अस्सी घाटमा भएको थियो ।

संन्तशिरोमणी तुलसी दासको आमाको नाउ हुलसी दुबे , पिता आत्माराम दुबे र पत्नी रत्नावली हुन ।
धार्मिक ग्रन्थ अनुसार विष्णु भगवानले मानव कल्याणको लागि रामावतार लिनु भयो । त्यस्तै माता लक्ष्मी ले मिथिलाका पावन भूमि जनकपुरधाम क्षेत्रमा जानकी, वैदेही,भूमिजा,कीशोरी जी लगायतका नामबाट प्रचारित ‘सीता’ भई जन्मिको थिईन । श्री राम जीको जन्मदेखि लंकाको राजा रावण संगको युद्ध, रावणको मृत्यु, जानकी जी लाई फर्काएर ल्याउनु भएको कुरा महर्षि वाल्मीकी ले संस्कृतमा लेख्नु भएको छ ।
त्यसवेलाको कुरालाई गोस्वामी तुलसी दास ले सबैले बुझन सक्नेगरी सरल भाषामा रामायण रचना गर्नुभयो । रामायण अब्धी र हिन्दी भाषामा लेखिएको हो भनिन्छ ।
गोस्वामी तुलसी दास ले १२ वटा ग्रन्थ लेख्नु भएको छ । त्यसमा सबभन्दा लोकप्रिय रामायण नै रहेको भनिन्छ । उनि विनयपत्रिका,दोहावली,कवितावली,हनुमान चालीसा,वैराग्य सन्दीपनी,जानकी मंगल,पार्वती मंगल लगायत रहेका छन ।
उनि आफ्नो पत्नी रत्नावलीसंग अति प्रेम गर्नुहुन्थ्यो । उनको अर्धांगनी रत्नावली एकदिन तुलसी दास लाई जानकारी नदिईकन आफ्नो माईति जानु भयो । तुलसी दास घर राति पुग्दा रत्नावली माईति गएको खबर सुन्नुभयो । तुलसी दास सोही बेला आफ्नो ससुराली तिर लाग्नु भयो । तर, त्यो बेला चर्को वर्षा भईरहेको थियो । नदीमा बाढीको उपान थियो । उनि नदी सहजै तर्न नसक्ने देखे । तर, ससुराी पुग्नैको लागि उनि नदीमा बग्दै आएको सब( लास) को सहारा लिनुभयो । ससुरालीमा पुग्दा मध्य रातिको समय भईसकेको थियो । तुलसी दास पत्नी रत्नावलीलाई यो कुरा सुनाएपछि उनि रुखो कुरा भन्दै थप्नुभयो कि जति प्रेम म संग गर्दछौं,त्यती प्रेम भगवान संग गर्दा राम्रो हुन्थ्यो । पत्नीद्वारा गरिएको फटकार सुनेर तुलसी दासमा विरक्त उत्पन्न भयो । र घर त्याग भयो । विरक्ताले बनिएको तुलसी दास बन्नुभयो । रामायाण लागायतका ग्रन्थहरु लेख्नु भयो ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
6 महीना पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका कà..
6 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहेà¤..
8 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञà..
8 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
8 महीना पहिले
संवाददाता
