जनकपुरधाममा करेन्ट लागेर दुई युवकको मृत्यु
कमल साह
जनकपुरधाम, कार्तिक ९ गते । जनकपुरधाम उपमहानगर पालिकामा दीपावलीकै दिन करेन्ट लागेर दुई युवकको मृत्यु भएको छ ।
दीपावलीका घरलाई झिलिमिली पार्क लागि बत्ती जोड्ने क्रममा करेन्ट लाग्दा दुई युवकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ बेल्ही बस्ने सुभाष यादवका १४ वर्षीय छोरा शिवराज यादव र जनकपुरधाम–२२ बसबिट्टी बस्ने नवल मिश्रका १९ वर्षीय छोरा अमित मिश्र रहेका छन् ।
आइतबार साँझ साढे ७ बजेको समयमा दीपावलीका लागि आफ्नो घरमा झिलिमिली बत्ती जोड्ने क्रममा शिवराजलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका मिश्र को यहाका प्रादेशिक अस्पतालमा उपचारको क्रममा सोमबार बिहान साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी गराउनु भयो ।
त्यस्तै, जनकपुरधाम–२२ बसबिट्टीस्थित आफ्नो घरमा सोमबार दिउँसो करिव साढे १२ बजे झिलिमिली बत्ती जोडिरहेको बेला १९ वर्षीय अमित मिश्रलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका मिश्रको जनकपुरधाम–७ स्थित स्वस्तिका अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डीएसपी क्षेत्रीले बताउनुभयो ।
मृतक दुबैजनाको शव पोष्टमार्टमपश्चात परिवारजनको जिम्मा लगाइएको धनुषा प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
2 महीना पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
2 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
4 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
4 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
4 महीना पहिले
संवाददाता
