+977 9854027065 | akulpdsah@gmail.com

जनकपुरधाममा अन्नकुट पर्वको तयारी

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

864 Views

कमल साह
जनकपुरधाम, कार्तिक १० गते । कार्तिक शुक्लपक्ष प्रतिपदा तिथि बुधवार का दिन जनकपुरधाम स्थित का मठ मन्दिर मा भव्यता पूर्व क अन्नकुट पर्व मनाई एको छ ।

भगवान् श्रीराम लङ्कामा विजय हाँसिल गरेर श्री सीता महारानी सहित अयोध्या फर्किनु भएको खुशीयाली अवसर मा यहाँ का मठ मन्दिरहरूमा अन्नकुट पर्व मनाईएको छ ।

यसमा भगवानलाई अर्पण गर्नका लागि ५६ प्रकारका बेन्जनहरु तयार पार्ने चलन रहेको छ । यसमा तयार पारेका बेन्जनहरु भगवानलाई अर्पण गरिसकेपछि प्रसादको रुपमा खुवाउने चलन पनि रहेको छ ।
अन्नकुटमा प्रयोग हुने अधिकांश सामाग्रीहरू कृषि कर्मबाट उत्पादित रहने गरेको छ । नयाँ खाद्यान्नहरू यसमा बढी प्रयोग गर्ने चलन रहेको छ ।
देवनगरी जनकपुरधामको जानकी दरबार, राम जी को दरबार,नेपाल को राज पलवैया भनेर चिन्ने तथा जानिने श्री गोविन्द दरवार ( गोविन्द मन्दिर बेला),जनक मन्दिर, विहारकुण्ड, अग्निकुण्ड, रत्नसागर सहितको मठ मन्दिरहरूमा भव्य रुपमा मनाईएको छ ।
श्री राम दरबार अर्थात ् स्वर्ण मण्डप राम मंदिर मा दुई पल्ट अन्नकुट मनायो । दिउँसो राम जी लाई र राति माता राजदेवी को भोजराज गरेर मनाईयो ।

जनकपुरधाममा हुने अन्नकुटको प्रसाद ग्रहण गर्नका लागि ठूला ठूला व्यक्तिहरू आफै मन्दिर पुग्ने गरेका छन् ।
जनकपुरधामको राजदेवी माता मन्दिर, जनकपुरधाम २३ बेला गाउ स्थित श्री गोविन्द मन्दिर, प्रख्यात सीताकुण्डमा हजारौँ भक्तजनहरूले प्रसाद ग्रहण गरेका हुन ।
सीता कुण्डका महन्थ एवं श्रीरामानन्दीय वैष्णव संघका वरिष्ठ उपाध्यक्ष रामनरेश दासले भन्नुहुन्छ, एकपटक निम्तो र हकार दिएपछि भक्तहरू अर्को वर्ष देखि आफै वर्षै पिच्छे प्रसाद ग्रहणका लागि आउने गरेका हुन्छन् ।
अन्नकुट राम मन्दिर मा बुधवार दिउँसो र अन्य मन्दिर मा साँझ ६ बजेपछि अन्नकुटको भोग तथा प्रसाद वितरण हुने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

2 दिन पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

4 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

1 महीना पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

1 महीना पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

2 महीना पहिले