छठको प्रसाद लिन जनकपुरधाम का घाटहरु आतुर
कमल साह
जनकपुरधाम, कार्तिक ११ गते । छठ पूजा का प्रसाद लिन जनकपुरधाम का घाट हरु आतुर रहेका छन । चार दिनसम्म चल्ने छठ पर्व अन्तर्गत आज
पञ्चमी तिथिका दिन खरना पर्व मनाई छ ।
व्रतीले दिनभरि उपवास बसेर साँझपख प्रसादको रुपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर, पुरी पकाएर केला सहितको सामाग्रीहरू छठी मैयाँलाई अर्पण गरेर आफू पनि नुनरहित प्रसाद नै ग्रहण गरी खरना विधि गर्दैछन् ।
आज भन्दा पहिला दिन अरवे नहाय खाय अर्थात अरवा अरवाईन विधि सम्पन्न भएको थियो । व्रतीहरूले सो नदी, तलाउ, जलाशयमा स्नान गरेर चाखो तथा शुद्ध खाने कुरा खाएका थिए ।
छठी मैया को प्रसाद लिन छठ घाट हरु तैयार रहेका छन. छठको तेस्रो दिन अर्थात षष्ठी तिथिका दिनभरि निराहार बसेर अस्ताउँदो सूर्यलाई नदी, तलाउ एवं सरोवरमा पुगेर प्रथम अर्घ दिने कार्यक्रम हुनेछ । यस दिन जनकपुरधाम सहितका कतिपय ठाउँमा बिहानैदेखि छठ घाटमा डाला सहितको प्रसाद सामाग्री राख्ने गरिन्छ भने कतिपय ठाउँमा दिउँसो मात्र प्रसादहरू घाटमा लाने गरिन्छ ।
चौथो दिन अर्थात सप्तमी तिथिका दिन पुनः उदाउँदो सूर्यलाई दोस्रो पटक अर्घ दिएपछि छठ पर्व विधिवत् समापन हुन्छ. व्रतीहरूले करिब ४८ घण्टा उपवास पश्चात् परना अर्थात् नुन सहितको खाना अर्थात खरना खाने गर्दछन् ।

छठ पर्वमा बाँसको ढाकी, टपरी, डगरी, माटोको कोसिया कुरबार, हाती लगायतको भाडामा विभिन्न प्रकारका प्रसाद सामग्रीहरु राखेर सूर्यलाई अर्घ दिने चलन रहेको छ । प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, बेसार, अदुवा एवं अन्य प्रकारको वनस्पति, मिठान्न तथा फलफूल सूर्य देवता अर्पण गर्ने चलन रहेछ ।
छठ पर्वमा सूर्य भगवान् अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरू अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।
जनकपुरको धार्मिक तथा ऐतिहासिक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ दुधमती नदी लगायतको पोखरीहरूलाई नवदुलही झैँ सजाएर झकिझकाउ बनाईएको छ ।
कमेन्ट गर्नुहोस्
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
2 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
4 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
1 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 महीना पहिले
संवाददाता
संवाददाता
