+977 9854027065 | akulpdsah@gmail.com

निर्वाचन निस्पक्ष बनाउन नियोक पर्यवेक्षक तयार पार्दै

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

744 Views

अकुल साह
जनकपुरधाम,कार्तिक २१ गते । अगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनलाई स्वच्छताको लागि नियोक ले धमाधम पर्यवेक्षक तयार पार्नमा जुटेको छ ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण संस्था समिति (नियोक) ले यहाँ मधेश प्रदेश स्तरीय पर्यवेक्ष तयार पार्नको लागि चलाएको दुई दिने प्रशिक्षण सोमवार सम्पन्न भएको छ । आईतवार उद्घाटन कार्यक्रम आयोजना गरि प्रशिक्षक पर्यवेक्षण तालिमलाई औपचारीक दिएको थियो । तर, सम्मापन कार्यक्रम अनौपचारीक रुपमा भएको छ ।
राष्ट्रिय पर्यवक्षण समिति (नियोक) मधेश प्रदेशको वैनर तल आरम्भ भएको प्रशिक्षण कार्यक्रममा केन्द्रिय महासचिव एवं प्रमुख प्रशिक्षक डा गोपाल कृष्ण शिवाकोटी ले नियोक देशको ७४ वटा जिल्लामा पर्यवेक्षण गर्नको लागि प्रशिक्षण कार्यक्रम जारी रहेको बताउनु् भयो ।
उहाँले निर्वाचन आयुक्त दिनेश थपलियाले नियोकलाई नम्बर १ को संस्था बताउँदैै आएको मुल्य र मान्यतालाई कायम राख्न अब तपाईहरुको हातमा रहेको थप्नुभयो ।
त्यस्तै मधेश प्रदेशका संयोजक एवं वरिष्ठ पत्रकार कमल साह ले स्वतन्त्र,निस्पक्ष र भयरहित निर्वाचन बनाउन सहयोगको लागि नियोक पछिल्ला ३० वर्ष देखि पर्यवेक्षण गर्दै आएको जानकारी गराउनु भयो ।


उहाँले विगतमा जसरी निर्वाचन निस्पक्षरुपमा सम्पन्न गराउन पर्यवेक्षक सहायक बन्दै आएको झैं यसपालि को निर्वाचनलाई स्वच्छता पार्न पर्यवेक्षक तयार भईरहेको बताउनु भयो । उहाँले यस प्रशिक्षण कार्यक्रमलाई गम्भिरता पुर्वक तपाईहरुले सिक्नु हुने कला भोली आ–आफ्नो जिल्लामा असल पर्यवेक्षक तयार गर्नुहोला भनि विश्वास व्यक्त गर्नुभयो ।
उक्त उद्घाटन सत्रमा नियोक धनुषाका अध्यक्ष एवं अधिवक्ता राजकुमार महासेठ, पर्यवेक्षण कार्यक्रमको दातृ संस्थाबाट एलेक्स पोमर लगायतका व्यक्तित्वहरुले निर्वाचनका लागि तयार पार्न लागेको प्रशिक्षक तथा पर्यवेक्षक हरु निर्वाचन निस्पक्ष बनाउनमा सहायक हुने बताउनु भयो ।
नियोकले यतिखेर ७ वटै प्रदेशमा जिल्ला स्तरीय प्रशिक्षक तयार गरिरहेको छ । यस तालिमबाट तयार भएको प्रशिक्षकहरु आ–आफ्नो जिल्लामा गएर पर्यवेक्षक तयार पार्ने जनाएको छ ।
जिल्ला स्तरीय प्रशिक्षक तयार पार्नको लागि डा.गोपाल कृष्ण शिवाकोट,तेज प्रसाद तिम्लसिना, बिबिसी नेपाली कार्यक्रमका सम्वाददाता प्रतिक्षा दुलाल ले प्रशिक्षण दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

7 दिन पहिले

नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..

7 दिन पहिले

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

18 दिन पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

18 दिन पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

19 दिन पहिले