विवाह पंचमीमा २५ जोडीको सामुहिक विवाह हुने
कमल साह
जनकपुरधाम,कार्तिक ९ गते । विवाह पंचमी महोत्सवको अवसर पारेर विश्व हिन्दु परिषद नेपालले २५ जोडी को सामुहिक विवाह गराउने छ ।
त्रेता युगमा भगवान श्री राम र श्री जानकी महरानी बीच भएको वैवाहिक कार्यक्रमलाई यादगारको रुपमा यो सामुहिक वैवाहिक कार्यक्रम रचिएको छ ।
बिश्व हिन्दु परिषद नेपालको आयोजनामा सो वैवाहिक कार्यक्रम जानकी मन्दिरको आंगनमा नै आयोजना हुने आयोजक ले जनाएको छ । बिबाह पञ्चमी महामहोत्सवको अन्तिम छन रामकलेवाको दिन अर्थात मसिंर १२ गत २५ जोडी युवायुवतीको सामुहिक विवाह हुने परिषदले जनाएको छ ।
विश्व हिन्दु परिषदका केन्द्रिय महासचिव जितेन्द्र सिंहले दुनियामा सबै भन्दा शुभ र उतम विवाह स्थल जनकपुरधाम रहेको दर्शाउन र बैबाहिक गनतब्यका रुपमा प्रचारगर्न परिषदले यो अभियान स्वरुप कार्यक्रम ल्याएको जानकारी गराएका छन् ।
विवाहमा बेहुलीलाई कपडा सेट, किचेन सेट, बेडसेट र सुनको मंगल सुत्र तथा बेहुलीलाई कपडा सेट सहितका सरसमानहरु समेत उपलब्ध गराईने कार्यक्रम संयोजक तथा परिषद धनुषाका अध्यक्ष संतोष कुमार साह बताउनु हुन्छ ।
सामुहिक विवाह समारोहमा सबै जातजातीका युवायुवतीको एकैसाथ सहभागिता रहने भएकाले यस्ता कार्यक्रमले हिन्दु धर्ममा कुनै पक्षपात नरहेको प्रमाणीत हुने र तराई मधेशको रोग दाईजो प्रथामा समेत न्युनीकरण हुने विश्वास उहाँले लिनु भएको छ ।
उहाँले प्रत्येक एक जोडीमा ५१ हजार खर्च हुने बताउँदै अगाडी थप्नुभयो, विवाहमा बेहुला र बेहुली पक्षका २५÷२५ जनाको खाना र बस्ने सुविधा मिलाई रहेको छु । यस विवाहमा सहभागि हुने बेहुला बेहुलीलाई बाजागाजाका साथ नगरपरिक्रमा गराइने छ ।
सो कार्यक्रममा परिषदका ट्रस्टी ओम प्रकाश सर्राफ, परिषदकै सदस्यहरु प्रभु दयाल जलान, धनुषधारी पाण्डे, बैद्यनाथ साह, युवा धनुषा अध्यक्ष मोहन कुमार साह, उपाध्यक्ष बिरेन्द्र साह, जितनारायण भगत, रघुनाथ महतो, अमन गुप्ता सहितको उपस्थिती थियो ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
4 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
7 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
21 दिन पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
2 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
2 महीना पहिले
संवाददाता
संवाददाता
