+977 9854027065 | akulpdsah@gmail.com

मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष भट्टराईको निधन

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

959 Views

कमल साह
जनकपुरधाम, मंसिर १७ गते । मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष शिवहरि भट्टराईको निधन भएको छ ।
उहाँको निधन प्रति मिथिला जागरण गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धांजलि अर्पण गर्दछन ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा सहभागी हुन शुक्रबार साँझ सर्लाही पुगेका भट्टराई शनिबार बिहान होटलको कोठामा मृत अवस्थामा भेटिएका हुन् ।
लालबन्दी नगरपालिका–१३ पत्थरकोटास्थित होलिडे रिसोर्टको कोठामा ६७ वर्षीय भट्टराई मृत फेला परेको प्रहरीले जनाएको छ ।
भट्टराई नेपाल पत्रकार महासंघ सप्तरी शाखा संस्थापक सभापति र नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय उपसभापति समेत भईसकेका छन । घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
भट्टराईको निधनप्रति मधेश प्रदेश सरकारले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

2 दिन पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

4 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

1 महीना पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

1 महीना पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

2 महीना पहिले