+977 9854027065 | akulpdsah@gmail.com

अपांग संघमा लामा निर्वाचित

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1369 Views

कमल साह
जनकपुरधाम,मंसिर २३ गते । नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रका सम्पन्न निर्वाचनबाट केन्द्रिय अध्यक्षमा साम्देन लामा निर्वाचित भएका छन ।
नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रीय सभा यहाँ मंसिर १९ गते आयोजित भएको थियो । त्यस अधिवेशनबाट केन्द्रिय कार्यसमितिमा लामा समुह बहुमतबाट निर्वाचित भएका हुन ।
नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र जनकपुरधाममा आयोजित ३४ औं साधारण सभामा लामा ले ७१ मत ल्यएर निर्वाचित भएका छन । उहाँका प्रतिद्वन्दी कुशश्री न्यौपाने ले ४२ मत ल्याई पराजित भएका छन ।
त्यस्तै अपांगबाट सदस्य पदमा निर्वाचित हुनेहरुमा तारा बदन सेडाई (८५) मत रामचन्द्र जोशी (८०) मत, राम प्रसाद कोईराला (६५) मत,शिवचन्द्र साह (६९मत ,इन्द्र कुमार झा (६३ मत, भगवती बुढाथोकी (६४) मत ,सुस्मा विक (७३) मत र भावुक जंग थापा (७६) मत पाएर विजयी भएका छन ।


विधान अनुसार अपांगबाट ८ जना सदस्य पदमा निर्वाचित हुने प्राब्धान रहेको छ । त्यसपदमा १३ जना उम्मेदवारी दिनुभएको थियो ।
लामा समुहबाट उम्मेदवारी दिने अपांग सदस्य पदका लागि धर्मराज घिमिरे ले ४१ मत मात्र ल्याउन पाएका छन ।
त्यस्तै सपांगबाट सदस्य पदमा उम्मेदवारी दिने १० जनामा ७ जना निर्वाचित भएका छन । त्यसमा धर्मराज पन्त (७३) मत,नन्दकिशोर महासेठ (७३) मत,बलराम सुबेदी (८०) मत, बालध्वज कार्की (८०) मत ,सुरेश श्रेष्ठ (७२) मत ,चन्द्र प्रसाद तिमिल्सिना (८७) मत र शरद अधिकारी (७६) मत ल्याएर विजयी भएका छन । पराजितहुनेहरुमा सर्वश्रेष्ठ (२६) मत ल्याउने पुण्य प्रसाद सापकोटा रहेका छन ।


सो केन्द्रिय सभाको उद्घाटन धनुषा क्षेत्र नं. ३ का नव निर्वाचित सांसद एवं पूर्व मंत्री जुली महतोले प्रमुख अतिथीको आसनबाट गर्नुभयो ।
केन्द्रिय अध्यक्ष धनजुजु श्रेष्ठको अध्यक्षतामा आरम्भ भएको उद्घाटन समारोहमा नेपाल अपांग सघ खगेन्द्र नवजीवन केन्द्र जनकपुरका संस्थापक मकेश्वर प्रसाद सिंह का नाती रितेश सिंह,शिवशंकर साह हिरा,संतोष यादव,भोला सिंह हमाल,प्रभाकर ढुंगाना लगायतका वक्ताहरुले शुभकामना मतव्य संगै विचार राख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

28 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

2 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

3 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

4 महीना पहिले