नगराईन नपाका दश हजार विद्यार्थीको भविष्यसंग खेलवाड गरेर मानसम्मान पाउने होत

कमल साह
जनकपुरधाम, पुस २९ गते । धनुषा जिल्लाको नगराईन नगरपालिकाका मेयर र उपमेयर बीचको बैचारीक युद्धमा नगरपालिका भरिका विकास निर्माण कार्य ठप्प भएको छ । तर, त्यस भन्दा अपठ्यारमा त्यहाँ संचालित सामुदायिक विद्यालयमा अध्ययनरत १० हजार विद्यार्थी हरु छन । उनिहरुको भविष्य अन्धकारमा पर्नथालेका छन ।
नगरप्रमुख तथा उपप्रमुख बीचको विवादले हालसम्म नगरसभा हुनसकेको छैन । नगरसभावाट बजेट पास नभएको ले शिक्षकहरू ६ महिनादेखि तलब पाएका छैनन् । तलब नपाएको ले शिक्षकहरु पठन पाठन छाडेर आन्दोलनमा उत्रेका छन । यसलेगर्दा नगर क्षेत्रमा संचालित सबै सामुदायिक विद्यालयको पठन पाठन ठप्प भएको छ ।
नगराईन नगरपालिकामा माध्यमिक तहका ३ तथा आधारभूत तहका १३ गरेर कूल १६ वटा विद्यालय रहेका छन् । सो विद्यालयमा कार्यरत शिक्षकहरू साउन महिनादेखि तलब पाउन नपाएपछि घर परिवार चलाउनमा समस्या उत्पन्न भएको भन्दै तलवभत्ता माग गर्दै नगरपालिका अगाडी दैनिक धर्ना दिन थालेका छन । यसलेगर्दा विद्यालयहरूको पठन पाठन लगभग डेढ महिनादेखि ठप्प रहेको छ ।
विद्यार्थीहरूले पठनपाठन सुचारु हुनुपर्ने मांगगर्दै आन्दोलनमा उत्रेपनि उपप्रमुख सहित वडाध्यक्षहरूले कुनै वासता नगरेको ले अहिलेसम्म पठनपाठन सुचारु हुन सकेको छैन ।
नगराईन नगरपालिकाको राजेश्वर निधि माध्यमिक विद्यालयका विद्यार्थी सुभाष साहले जुंगाको लडाईमा हाम्रो भविष्य समाप्त गर्नथालेको गुनासो गर्नु हुन्छ ।
विद्यालयहरू लगातार बन्द भएको ले नगरपालिकाले सञ्चालन गर्ने अर्द्ध वार्षिक परीक्षा प्रभावित हुनुका साथै एसइईका विद्यार्थीहरूलाई परीक्षा फारम भर्ने सहितका कामकाजमा समस्या उत्पन्न भएको छ । यसले विद्यार्थीको भविष्य अन्योलमा परिरहेको नगराईन नगरपालिकाले जनाएको छ ।
त्यस्तै नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरु पनि आन्दोलनमा उत्रेका छन ।
नगरपालिकामा उत्पन्न भएको विवाद समाधान गर्नका लागि सर्वदलीय सर्वपक्षीय बैठक पटक पटक गरेपनि समस्या निकास निस्कन नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले बताउनु भयो ।
उहाँले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयको सहभागितामा सहमतिको प्रयास गर्दा पनि सफलता प्राप्त हुननसकेको बताउनु भयो ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
6 दिन पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
6 दिन पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
18 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
18 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
18 दिन पहिले

