+977 9854027065 | akulpdsah@gmail.com

विपद् व्यवस्थापनमा वडा नं. २३ अगाडी

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

853 Views

कमल साह
जनकपुरधाम, माघ ५ गते । पश्चिमा हावाले ल्याएको कठ्यांग्रो जाडोबाट वडावासीलाई जोगाउन जनकपुरधाम उपमहानगरपालिका– २३ का वडाध्यक्ष राघवेन्द्र प्रसाद साह उपमहानगरपालिका भन्दा एक कदम अगाडी भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका– २३ का वडाध्यक्ष राघवेन्द्र प्रसाद साह ले गत शनिवार अर्थात पुस २३ गते वडाभरीका विपन वर्गमा ३० क्वीन्टल दाउरा वितरण गरेर आगोको व्यवस्था गर्नुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाले नगरको ठाउँठाउँमा आगोको व्यवस्था गर्न सोंचबुन्दै थियो । तर, वडाध्यक्ष साह ले आफ्नो वडामा पर्ने बेला,लादो र बिन्धी गाउंभरी दाउरा वितरण गर्नसफल भयो ।
वडाध्यक्ष राधवेन्द्र प्रसाद साह भन्नुहुन्छ,‘ गत जेष्ठ महिनाताका अगामी आर्थिक वर्षको बजेट बनाउन वडा भेला गरिएकोमा हामी विपद व्यवस्थापनमा समेत रकम छुट्टयाउन पुगेको ले आज उपमहानगरपालिकाको मुख ताक्नु परेको छैन ।


उहाँले वडा नं.– २३ को लागि कुल ९३ लाखको बजेट बनाएको बताउँदै सो परिषदबाट समेत पास भईसकेको थप्नुभयो ।
जनकपुरधामा उपमहानगरपालिका वडा नं. २३ मा सुचना गरेर वडा भेला गत जेष्ठ महिनामा भएको थियो । त्यस भेलाबाट रु ३ लाख विपद् व्यवस्थापनमा रकम छुट्टयाएको थियो । यसैगरी अन्य पालिकाका वडाहरुलाई पनि विपद् व्यवस्थापन गर्नुपर्ने सिख जानुपर्ने आवश्यकता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

2 दिन पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

4 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

1 महीना पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

1 महीना पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

2 महीना पहिले