श्री श्याम बाबाको स्थापना दिवस भव्याका साथ मनाईयो

कमल साह
जनकपुरधाम, माघ २१ गते । जनकपुरधाम श्री श्याम नामबाट ख्याति प्राप्त मन्दिरमा तीन दिने महोत्सव मनाईयो ।
श्री श्याम बाबा को मन्दिर्र यहाँका सुव्यवस्थित सेवासदन माडवारी सेवा समितिको आंगनमा रहेको छ । त्यस मन्दिरमा श्री श्याम बाबाको मुर्ति प्रतिस्थापित भएको २६ वर्ष गांठको अवसरमा यहाँ तिन दिने कार्यक्रम आयोजना गरिएको आयोजक निर्मण कुमार चौधरी बताउनु भयो ।
माडवारी सेवा समिति जनकपुरका अध्यक्ष चैधरी का अनुसार मंगलबारको दिन जलेश्वर स्थित जलेश्वर नाथ महादेवको मन्दिरबाट निशान यात्रा आरम्भ भएको थियो । सो यात्रामा श्रद्धालु वर्ग नांगै खुटा निशान लिएर जनकपुरधाम स्थित श्री श्याम बाबाको मन्दिरमा आएर चढाउनु भयो ।
हिल्ये घरबाट नसिक्ने महिलाहरु जलेश्वर– जनकपुरधामको १७ किलोमीटर दुरी पैदल यात्रा निशान लिइ आउनु पछि बाबाको महिमा नै रहेको श्रद्धालु वर्ग बताएका छन ।
मंदिरमा आयोजित ३ दिने कार्यक्रमको दोश्रो दिन अर्थात बुधबारका दिन मंगल पाठ भएको थियो । त्यसमा श्री श्याम बाबाको गुणगाण भएको भजनहरु अनेका लयमा गाईएको थियो ।
त्यस्तै तेश्रो अर्थत अन्तिम दिन विहिवार भजन संध्या कार्यक्रम आयोजन भएको थियो । यसमा भारतका दुईजना गायकहरुले मुरली मनोहर श्री कृष्ण र श्रीश्याम बाबा को भजन गायन भएको माडवारी सेवा समितिका अध्यक्ष निर्मण कुमार चौधरी ले जानकारी गराउनु भयो ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
7 दिन पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
7 दिन पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
18 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
18 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
18 दिन पहिले

