+977 9854027065 | akulpdsah@gmail.com

सुमेरु अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1371 Views

कमल साह
जनकपुरधाम, माघ २२ गते । काठमाण्डौमा संचालित सुमेरु अस्पतालले यहाँका सुभतारा ईंगलिस बोर्डिंग स्कूलमा दुई दिवसीय स्वास्थ्य शिविर संचालन गरिदै छ ।
जनकपुरधाम उपमहानगरपालिका ७ जानकी नगरमा संचालन भईरहेको सुभतारा ई.बो.स्कूलका संचालक एवं प्रिन्सिपल विनोद दास को सक्रियता ले सो स्वास्थ्य शिविर संचालन भईरहेको छ ।
सुमेरु अस्पतालमा कार्यतर चिकित्सक डा. संजिव दास को नेतृत्वमा संचालित उक्त स्वास्थ्य शिविरमा रोगीको प्रेसर,सुगर लगायतको जाँच संगै निःशुल्क औषधी पनि वितरण गरिदैछ ।


आज आईतवार सम्म चल्ने स्वास्थ्य शिविरमा वालविषेज्ञ र मेडिशिन विशेषज्ञलगायतका चिकित्सहरु सहभागि रहेका छन ।
त्यस शिविरमा डा.एरिक(अमेरीका),डा चेतन धाकर,डा.आशिष चौधरी,डा.प्रविन र डा. शियाक सहभागि रहेका छन ।
अस्पतालका डा. संजिव दास ले यस क्षेत्रमा कुल ४ दिनको शिविर लिएर आएको बताउँदै हामी एकदिन महोत्तरीको सकरी गाउमा शुक्रबार शिविर संचालन गरिसकेको बताउनु भयो । उहाँले हामी दुई दिन यस शुभतारा स्कूलमा शिविर संचालन गर्दा विद्यार्थी र विभिन्न रोगबाट पिडीत रोगीहरुले स्वास्थ्य जाँच गराएर लाभ लिनुभएको जनाउनु भयो ।


अन्तमा उहाँले हाम्रो कार्यक्रम अनुसार शिविर संचालन गर्नको लागि एक दिन अझै बाँकी रहेको ले त्यो थप्न सकिने बताउनु भयो ।
सो शिविरमा वडा नं. ७ का वडा अध्यक्ष निरज साह ले औषधी सहयोग गर्नु भएको शुभताराका ई.बों स्कूलका संचालक तथा प्रिन्सपल विनोद दास ले बताउनु भयो । सुमेरु अस्पताल,स्वास्थ्य शिविरमा सहभागि चिकित्सक र वडा अध्यक्ष निरज साह लाई उहाँले धन्यवाद दिंदै यस प्रकारका सहयोगहरु अगामी दिनमा पनि गरिदिनको लागि आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

28 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

2 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

3 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

4 महीना पहिले