राजर्षि जनक कपः नवजनजागृति सिमरालाई हराउँदै
सन्जु कर्ण, सर्लाही,
सर्लाही, फाल्गुन २ गते । राजर्षि जनक कपः नवजनजागृति सिमरालाई हराउँदै संकटा सेमिफइनलमा प्रवसंकटा क्लव जारी सातौँ राजर्षि जनक कप फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलवार सम्पन्न खेलमा मोफसलको टिम नवजनजागृती यूवा क्लव सिमरालाई ३–० गोल अन्तरले पराजित गर्दे संकटा अन्तिम चारमा प्रवेश गरेको हो । संकटाको जितमा खेलको ३५ औँ मिनेटमा जर्सि नम्बर १९ का आयूष घलानले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ४३ औं मिनेटमा संकटाकै जर्सि नम्बर ११ का गणेश हमालको गोलमा संकटाले खेलको पहिलो हाफ २–० को अवस्थामा पुर्याएको थियो । सुनिल वलको पासमा हमालले सहज गोल गरेका थिए ।
सुरुदेखीनै लयमा खेलेको संकटाका लागि खेलको ६० औँ मिनेटमा मनिष डाँगी डिबक्स भित्र सिमराको खेलाडीलाइ छक्याउँदै तेस्रो गोल गरे । उन्को गोल सगँै संकटा ३–० को अवस्थामा पुगेको थियो । खेल अवधी भर अधिक समय बल संकटाको नियन्त्रण रहेको थियो । लगातार आफुलाई खेलमा फर्काउन खोजेको नव जनजागृती फुटलव क्लव सिमरा असफल रह्यो ।
खेलमा कुशल प्रदर्शन गरेका डाँगी खेलको म्यान अफ दि म्याच घोषित हुदै ट्रफि र १० हजार नगद पुरस्कार समेत प्राप्त गर्न सफल भंए .
जित सगैँ संकटाले सेमिफाइनल खेलमा जावलाखेल सगँको भेट पक्का गरेको छ । जावलाखेल प्रि क्वाटरफाइनलमा सशस्त्र प्रहरी र क्वाटरफाइनलमा साविम विजेता पिप्ले यूवा क्लवलाई पराजित गर्दै सेमिफाईलनमा प्रवेश गरेको हो । यस्तै प्रतियोगिताको अन्तिम सेमिफाईनल खेलमा बुधवार (भोली)मच्छिन्द्र फुटवल क्लव र आयोजक बागमती युवा क्लव सर्लाही विच प्रतिस्पर्धा हुनेछ ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
25 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
2 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
3 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
4 महीना पहिले
संवाददाता
