सपना परियोजनाले सचेतना फैलाउँदै
कमल साह
जनकपुरधाम,चैत्र ११ गते । धनुषाको विदेह नगरपालिका र जनकनन्दी गाउँपालिकामा संचालित बालबालिका सपना परियोजनाले बच्चाको सार्वांगीन विकासमा मद्त पु¥याउँदैछ ।
सामाजिक विकास अनुसन्धान केन्द्र जनकपुरद्वारा यहाँ आयोजित अभिमुखि कार्यक्रममा प्रस्तुत गरिएको तथ्याँकबाट उक्त कुराको पुष्टी भईरहेको छ ।
नेपाल सरकारले जन्मने बच्चाको भविष्य राम्रो होस् उद्येश्य राखेर सुनौलो हजार दिन कार्यक्रम संचालन गर्दै आएको लाई सहयोग पुग्ने गरी प्लान इन्टरनेशनलको सहयोगमा सामाजिक विकास अनुसन्धान केन्द्र ले सपना परियोजना संचालन गर्दैछ ।
सामाजिक विकास अनुसन्धानका कार्यकारी निर्देशक सुखदेव ठाकुर का अनुसार धनुषा जिल्लाको विदेह नगरपालिका र जनकनन्दनी गाउँ पालिकाको दुई दुई वडामा बालबालिका सपना परियोजना संचालन भईरहेको छ । सो कार्यक्रमले लक्षित क्षेत्रमा मात्र नभएर त्यस वरिपरीका वासिन्दा समेत असर देख्न थालेको उहाँले बताउनु भयो ।
बच्चा गर्भमा भएदेखि तीन वर्षसम्मको लागि उक्त परियोजनाले सचेतना कार्यक्रम गर्दै आएको बुझिन्छ ।
संचारकर्मीहरुसंग बालबालिका सपना परियोजना सम्बन्धि बुधबार आयोजित एक दिने अभिमुखी करण कार्यक्रममा परियोजनाका संयोजक दिवस श्रेष्ठले गर्भदेखि ३ वर्षसम्मको बच्चाका लागि यो संचालन भईरहेको बताउनु भयो । उहाँले यस सचेतना मुलक कार्यक्रमले बालबालिकामा बौद्धिक विकास,सामाजिक विकास,शारीरिक विकास,सम्वेगात्मक विकास र भाषिक विकास गर्ने मुख्य लक्ष्य रहेको थप्नुभयो । उहाँले यस कार्यक्रमले घरमै बच्चा जन्माउने परम्परालाई तोडदै आएको बिचार समेत राख्नुभयो ।
धनुषाको दुई पालिकामा १५ मार्च २०२२ देखि लागु भएको कार्यक्रम ले लक्षित वर्गको आमा र बुआ आ–आफ्नो बालबालिका प्रति सचेत रहनु नै कार्यक्रमको लक्ष्य रहेको छ । त्यसको लागि सामुहिक सम्वाद कार्यक्रम संचालन गर्दै आएको परियोजनाका कार्यक्रम संचालक निकिता यदाव ले बताईन ।
उनको अनुसार हालसम्म ९३ वटा कक्षा संचालन भईसकेको छ । त्यसबाट ७५ जना लाभान्वित भईसकेका छन । यस कार्यक्रममा आफ्नो सफाई प्रति कसरी ध्यान दिने, बालबालिकाको सरसफाई कसरी गर्ने, बच्चाका लागि चाहिने खेलौनाहरु अफ्नो गाउँ घरमा पाईने बस्तुबाट कसरी निर्माण गर्ने, बच्चा जन्मेको २९ दिन भित्र जन्म दर्ता बनाउन प्रति सचेत गराउन लगाउने लगायतका सचेतना जागृत भएको बुझिन्छ ।
कमेन्ट गर्नुहोस्
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
12 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
2 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
3 महीना पहिले
संवाददाता
