+977 9854027065 | akulpdsah@gmail.com

सेवा बचत तथा ऋण सहकारी को एकदिने तालिम सम्पन्न

11 महीना पहिले प्रकाशित

Akul Prasad Sah

348 Views

कमल साह
जनकपुरधाम, चैत्र १३ गते । यहाँ संचालित सेवा बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना सदस्यहरुलाई क्षमता अभिवृद्धि गर्ने उद्येश्यबाट एक दिने तालिम सम्पन्न गरेको छ ।
सेबा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विन्देश्वर साह को अध्यक्षतामा आरम्भ भएको एकदिने तालिमका प्रमुख प्रशिक्षक राष्ट्रिय सहकारी बैंक जनकपुर शाखा प्रमुख विष्ण प्रसाद पराजुली रहनु भएको थियो ।
चैत्र ११ गते आयोजित सो तालिममा उहाँले सहकारीको संचालक र लेखा समितिको संयोजक सधारण सभाबाट निर्वाचन हुने प्राब्धान रहेको बताउनु भयो । उहाँले ऋण उपसमिति लगायतका समिति संयोजक संचालक सिमितिबाट चयन हुने प्राब्धान रहेको थप्नुभयो ।
नेपाल सरकारको ऐन अनुसार सहकारी संस्थाहरुको बिनियम मिल्नेगरी बेलाबखतमा संशोधन गरी रहनु पर्ने भएको ले त्यसको लागि चनाखो रहनुपर्ने उहाँले थप्नुभयो ।
उहाँले सहकारी ऐन अनुसार संचालक समितिको कार्यकाल ४ चार वर्ष को हुन्छ ।तर, लगातार २ पल्ट भन्दा बढी अध्यक्ष रहन नसक्ने प्राब्धान रहेको बताउनु भयो ।
उहाँले सहकारीलाई अध्यक्षको होईन सबैको बनाउनेगरी कार्यहरु संचालन गर्नुपर्ने बिचार समेत राख्नुभयो ।
सहकारीहरुले ३० प्रतिशत आफ्नै उत्पादनमा लगाउनु पर्नेगरी बिनियममा उल्लेख हुनुपर्ने बिचार सहकारी बंैकका प्रमुख पराजुली राख्नु भयो ।
सहकारीहरुमा हरेक महिना अर्थात मासिक बैठक गर्नुपर्दछ । त्यसमा पछिला महिनाको कार्य प्रगतिबारेमा समीक्षा गर्नुपर्ने साथै अगामी महिनामा के के गर्ने लक्ष्य समेत बनाएर अगाडी बढनु पर्ने सुझाब उहाँले सहकारीहरुलाई दिनुभयो ।
सो तालिम संचालनको लागि सहजिकरण सचिव कमल साह ले गर्नुभएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

फिल्म ‘एक्टर’मा प्रदीप र दिव्याको जोडी

पबन भट्राई, काठमाण्डौं,फाल्गुण १७ गते । अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘एक्टर’मा नव..

10 घन्टा पहिले

राराब क्याम्पसका प्रध्यापक तथा कर्मचारी संगठनद्वारा खे..

कामल साह जनकपुरधाम, फागुन १५ गते । रामसाग साह रामस्वरूप साह बहुमुखी क्याम्पसको समाजशास्त्र विभागमा दुई दिन अघि भ..

10 घन्टा पहिले

बिवाईडी दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट च्याम्पियन सी..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फाल्गुण १२ गते । जनकपुरधाममा आयोजित दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट प्रति..

5 दिन पहिले

समुद्र भट्टले एलिजा र निश्चल लिएर फिल्म बनाउँदै

पबन भट्राई, काठमाण्डौं, फागुन १२ गते । निर्देशक समुद्र भट्टले नयाँ फिल्म बनाउने भएकी छिन् । समुद्रले नायिका एलिजा..

5 दिन पहिले

प्रजातन्त्र दिवस जनकपुर बौद्धिक सामाजद्वारा भ्रष्टतन्..

कामल साह जनकपुरधाम,फागुन १० गते । ७४ औं प्रजातन्त्र दिवसको अवसरमा जनकपुर बौद्धिक समाज लगायतका संस्थाहरुले संयुक..

5 दिन पहिले