+977 9854027065 | akulpdsah@gmail.com

विदेशमा रहेका नेपालीहरुको सहयोगमा वृद्धवृदालाई न्यानो सिरक वितरण

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

903 Views

सन्जु कर्ण,
सर्लाही, चैत्र १३ गते । विदेशमा रहेका नेपालीहरुको सहयोगमा वृद्धवृदालाई न्यानो सिरक वितरण भएको छ । अमेरिकामा रहेको दिपक प्रसाइँ, स्वेडेनमा रहेको दिपराज थापा, अशोक बहादुुर खड्का, बिष्णुप्रसाद श्रेष्ठ, कृष्ण के.सी. गङ्गा घिमिरे, दिप शर्मा, सुवास अधिकारी, माधव तिमिल्सिना र नाम नखुलेका व्यक्तिबाट जम्मा ८० हजार रकमबाट ७० सेट न्यानो सिरक र ३ बोरा चामल प्रदान गरिएको सहयोग समन्वयकर्ता प्रमेश बादेले जानकारी गराउनु भयो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, प्रहरी उपरिक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी प्रमुख तुल बहादुर भण्डारी तथा अनुसन्धान प्रहरी प्रमुख सन्तोष ढुंगेल ज्युले लालबन्दी –२ मा रहेको पद्यम भुवनेश्वरी नमूना वृद आश्रमका वृद्धवृदाहरुलाई ३५ सेट न्यानो सिरक प्रदान गरिएको हो ।
हरिवनमा रहेको मानव सेवा आश्रम र द्वन्द्व पीडित बालगृहमा रहेका बालबालिकाहरुलाई पनि ३५ सेट वितरण गरिएको छ । उक्त न्यानो सिरकको लागि प्रमुख जिल्ला अधिकारी यादवले पहल गर्नु भएको थियो भने विदेशमा रहेका नेपालीहरुसँग न्यानो सिरकको लागि प्रमेश बादेले समन्वय गरेका थिए र अन्य प्राविधिक समन्वयका लागि बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की र गजेन्द्र साहले गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी यादव भन्नु हुन्छ, “हामी केही दिन अघि यस आश्रममा आउदा वृद्धवृद्धा आमाबुवाहरुलाई सहयोग गर्ने केही सम्भावना थियो । आज न्यानो सिरक सहयोग गरिएको छ । र यस्तो सहयोग पु्याउने हुने विदेशमा रहेका नेपालीहरुलाई धन्यवाद दिन चाहन्छु । साथै सहयोगको लागि समन्वय गनु हुने प्रमेश बादेलाई पनि धन्यवाद दिन चाहन्छु र वृद्ध आमाबुवाबाट आर्शिवाद पाईरहौं ।”
यो जाडोको बेला वृद्धवृद्धा आमाबुवाहरुलाई न्यानो सिरक कसैले दियोस् जस्तो मनमा लागिरहेको थियो तर कसैलाई भनेको थिएन तर आज प्रमेश बादे र प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव ज्यूको पहलमा यस वृद्ध आश्रममा रहेको आमा बुबाले न्यानो सिरक पाएकोले धेरै खुशी छु र विदेशमा रहेका सहयोगी मनहरुलाई धेरै धन्यवाद दिन चाहेको पद्यम भुवनेश्वरी नमूना वृद आश्रमका सञ्चालक भवानी कोईरालाले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

14 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

1 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले