वीपी कोइराला माविका परीक्षा निरीक्षक नागेन्द्र यादव पक्राउ
मिथिला जागरण समाचारदाता
जनकपुरधाम, चैत्र १८ गते । धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका सपहीस्थित वीपी कोइराला माविका परीक्षा निरीक्षक नागेन्द्र यादव पक्राउ परेका छन् ।
निरीक्षक यादवले कक्षाकोठा बाहिरबाट प्रश्नपत्र हल गराई आफ्नो मोबाइलमा पठाउन लगाएर विद्यार्थीलाई चिट चोरी गराएको फेला परेपछि प क्राउ गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिएका छन् ।
यादवलाई जनता आधारभूत माध्यमिक विद्यालय बनिगामा लक्ष्मिनीयाँबाट सो वीपी कोइराला माविको परीक्षा निरीक्षकमा खटाइएको थियो ।
परीक्षाको पहिलो दिन नै उनले मर्यादा विपरीतको काम गरेपछि प क्राउ परेका हुन् । परीक्षा निरीक्षकले नै मोबाइल प्रयोग गरी वाट्सअपबाट प्रश्नपत्रको तस्बिर बाहिर पठाएको र सोही माध्यमबाट उत्तर आएपछि विद्यार्थीहरूमा मोबाइल मार्फत नै विद्यार्थीसम्म पुर्याएको र केहीलाई उतार गराइरहेको क्रममा प क्राउ परेका थिए ।
प्रश्नपत्र उत्तरसहित फेला परेको उनको मोबाइल अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रजिअ दाहालले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
1 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
3 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
1 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 महीना पहिले
संवाददाता
संवाददाता
