मधेशको बिच भागबाट बन्दै मधेशी शहीद लोकमार्ग
कमल साह
जनकपुरधाम,चैत्र २७ गते । मधेश सरकारले प्रदेशका ८ जिल्ला भएर बनाउन लागेको मधेशी शहीद लोकमार्ग बनाउने निर्णय गरेको छ । दुई लेनको बन्ने सो बाटोमा पर्ने नगर र गाउँपालिकामा शहरी करण बढने संकेत देखाएको छ ।
मधेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयले चैत १९ गते सार्वजनिक गरेको योजना अनुसार मधेशी शहीद लोकमार्ग ३ सय ११ किलोमिटरको हुनेछ ।
सो मधेशी शहीद लोकमार्गमा सप्तरीका ६४, सिरहाका ४६, धनुषाका ३०, महोत्तरीका २३, सर्लाहीका ५१, रौतहटका २०, बाराका ३६.८६ र पर्साका ४० किलोमिटर सडक कालोपत्र बन्ने छ ।
सो बेलाका भौतिक तथा पुर्वाधार विकास मंत्री सरोज कुमार यादवले मन्त्रीपरिषदबाट स्वीकृत हुने वितिकै २ करोड ५० लाखको लागतमा मार्गको डिपिआर तयार गर्ने प्रक्रियाको थालनी हुने बताउनु भायो ।
तत्कालिन मंत्री यादवले मार्ग निमार्णका लागि एलाइनमेन्ट (रुट रेखांकन) सार्वजानिक गर्दै भन्नुभयो,‘ मन्त्री परिषदबाट पारित हुँदै टेन्डर प्रक्रियामा जाने छन् ।’
तर, मधेश प्रदेश सरकारबाट एमाले बाहिरिएपछि यो आयोजना बढने छन कि यथावत रहने हुन हेर्न बाँकी रहेको छ । किनकी यस अघिका मन्त्री र पालिकाका प्रमुखहरु बिच कुरा नमिल्दा आयोजना सुरु हुन सकेको थिएन । तत्कालिन मंत्री यादवले यो आयोजना अगाडी बढाउन कसैले हिम्मत गरेको थिएन बताउनु भयो ।
मधेशी शहीद लोकमार्गको लागि अलाइनमेन्ट सलेक्शनका काम भईसकेको छ । ईओआई ईबिडिङ्गबाट सुचना प्रवाह गरि कन्सलटेन्ट हायर गरि तिनवटा एलाईनमेन्ट बनाउन लगाएर तिनै मध्ये इकोनोमिक, छोटो र सिधा एलाइन्मेन्ट कार्यान्यनका लागि मन्त्री स्तरीय निर्णयबाट स्वीकृत भई मन्त्रीपरिषदमा जाने तयारी भएको छ ।
विगत दुई आर्थिक वर्षदेखि स्वीकृती पाएर निर्माण कार्य अगाडी बढन नसकेको आयोजनालाई यादवले मधेशको हितका लागि अगाडी बढाउनु भएको हो ।
कमेन्ट गर्नुहोस्
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
1 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
3 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
1 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 महीना पहिले
संवाददाता
संवाददाता
